डरले गएनन् गोलीकाण्डका पीडित अस्पताल, आइस भन्छ – ‘पक्रने हल्ला झुठो’


प्रकाशित मिति : श्रावण २१, २०७६ मंगलबार

अमेरिकी अध्यागमनले नियन्त्रणमा लिने डरले टेक्सासको गोलीकाण्डमा घाइते भएका पीडितहरु उपचारका लागि अस्पताल जान डराएको जनाइएको छ । तर आइसले भने उक्त हल्ला झूठो भएको बताएको छ । शनिबार टेक्सासको गोलीकाण्डका कागजपत्रविहिन घाइतेहरुलाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले निशानामा राखेको हल्ला फैलिएको थियो ।

आइस र सीबीपी दुबैले उक्त हल्ला निराधार रहेको जनाएका छन् । टेक्सासको एलपासोमा भएको गोलीकाण्डमा कैयन कागजपत्रविहिन घाइते भएका थिए । श्वेत बन्दुकधारीले चलाएको गोलीबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ भने दुईदर्जन बढी घाइते भएका छन् ।

आइसका अधिकारीहरु अस्पतालमा देखिएपछि यस्तो हल्ला चलेको थियो । तर आइसले भने हिराशतमा रहेकाहरुको स्वास्थ्य उपचारका क्रममा आइसका एजेन्टहरु अस्पतालमा पुगेको जनाएको छ । घाइतेहरुलाई नियन्त्रणमा लिनका लागि अस्पतालमा नगएको र दुखद घटनाका बीचमा कुनै अध्यागमन छापा संचालन नगरिने आइसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com