के तपाईको अमेरिकी भिसा २२१ (जी) अन्तरगत अस्वीकृत भएको हो ?
प्रकाशित मिति : श्रावण २०, २०७६ सोमबार
अमेरिकी सरकारको विदेश मन्त्रालयले जारी गरेको तथ्यांक अनुशार गत आर्थिक बर्षमा १० लाख भन्दा धेरै अमेरिकी भिसा अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐनको सेक्सन २२१ जी अन्तरगत अस्वीकृत गरिएका छन् । यदि तपाईको भिसा यो सेक्सन अन्तरगत अस्वीकृत भएको हो भने भिसा अन्तरवार्ताको अन्त्यमा कन्सुलर अफिसरले भिसा आवेदकलाई यो कुरा बताउने गर्छन् ।
यो सेक्सन अन्तरगत भिसा अस्वीकृत हुनु भनेको भिसा आवेदनमा जन्मदर्ता प्रमाणपत्र जस्ता अत्यावश्यक जानकारी वा कागजात छुट्नु हो । वा उक्त आवेदनलाई प्रशासनिक छानविनका लागि अगाडि बढाउनु हो । अध्यागमन वकिलहरुका अनुशार यो सेक्सन अन्तरगत भिसा अस्वीकृत हुनु नरम प्रकारको अस्वीकृति हो, जसलाई जितेर भिसा प्राप्त गर्न सम्भव छ । यद्यपी यो प्रावधान अन्तरगत भिसा अस्वीकृत हुँदा आवेदक कडा प्रकारको छानविनमा पर्छ ।
भिसा अधिकारीलाई आवेदकबाट थप कागजातको आवश्यकता महसुस भएमा, थप अनुसन्धानको आवश्यकता महसुस भएमा यो प्रावधान अन्तरगत भिसा अस्वीकृत गर्दै आएका छन् । अमेरिकाको अध्यागमन प्रणालीमा कन्सुलर अभ्यास अत्यन्तै जटिल मानिन्छ ।
यदि तपाईको भिसा यो प्रावधान अन्तरगत अस्वीकृत भएको छ भने तपाईले अनुभवप्राप्त कानुन व्यवसायीलाई सम्पर्क गर्न सक्नुहुनेछ । तपाईले थप कागजात पेश गरेर भिसा प्राप्त गर्न सम्भव हुनसक्छ ।






