एप्पलका इन्जिनियर नेपाली युवा अमेरिकामा विश्वका युवा सहभागी सम्मेलनमा विशेष वक्ता


प्रकाशित मिति : श्रावण १६, २०७६ बिहीबार

अमेरिकाको प्रतिष्ठित कम्पनी एप्पलमा कार्यरत सफ्टवेयर इन्जिनियर नेपाली युवा क्षितिजराज लोहनी विश्वका ९० देशका युवाहरु सहभागी हुने युथ एसेम्बलीमा प्रतिष्ठित युवा वक्ताका रुपमा छनौट भएका छन् । वासिंटन डिसीमा अगस्त ८ देखि १० सम्म हुने युथ एसेम्बलीमा लोहनीले आफू दक्ष भएको क्षेत्रको अनुभव र विचारहरु विश्वभरका युवामाझ राख्न पाउने भएका छन् ।

फ्रेण्डसिप एम्बेसडर फाउण्डेशनले आयोजना गर्ने युथ एसेम्बलीको आगामी सेसन २४ औं सेसन हो । जर्ज वासिंटन युनभर्सिटीमा हुने उक्त कार्यक्रमको यो बर्षको एजेण्डा मानव विकाश, वातावरण, शान्ति सुरक्षा र प्रविधि रहेको छ । सम्मेलनमा लोहनीले छुट्टै सेसन समेत आयोजना गर्नेछन् ।

सम्मेलनमा विश्वभरबाट युवाहरुको सहभागिता रहने भएतापनि केही युवामात्र प्रतिष्ठित युवा वक्ताका रुपमा छनौट भएका छन् । यसरी वक्ताका रुपमा छनौट भएर आफ्नो विधाको अनुभव शेयर गर्न पाउनेभएकोमा लोहनीले खुशी व्यक्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमको उद्घाटन समारोहमा अमेरिकी विदेशमन्त्रालयका ग्लोबल युथ इस्युका प्रमुख, सर्च फर कमन ग्राउण्डका सीईओ लगायतले मन्तब्य दिने कार्यक्रम रहेको छ । समारोहको अन्तिम दिन आउटस्टाण्डिंग युथ डेलिगेट अवार्ड र इम्पाक्ट च्यालेन्ज अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमको आयोजक संस्था फ्रेण्डसिप एम्बेसडर फाउण्डेशनको स्थापना गैर नाफामुलक संस्थाका रुपमा सन् १९७३ मा भएको हो । यो संस्था विगतमा राष्ट्रसंघको ग्लोबल कम्युनिकेशन विभागसँग आवद्ध रहेको थियो भने युनेस्को र इकोसकमा विशेष परामर्शदाताको रुपमा रहेको थियो ।

क्षितिज लोहनीले केहीबर्ष अगाडि बेलुनको साहारामा नेपालको झण्डा अन्तरिक्षमा पुराउनुका साथै राष्ट्रिय गान समेत बजाउन सफल भएर चर्चा कमाएका थिए । उनले तयार गरेको हेलियम भरिएको बेलुन छेउ बाँधिएको नेपाली झण्डा ८० हजार फिट उचाईंसम्म फर्फराएको थियो । जब बेलुन ७० हजार फिट माथि पुग्यो तब नेपाली राष्ट्रिय गान बजेको थियो ।

अमेरिकाको बोष्टनस्थित नर्थ इष्टर्न युनिभर्सिटीबाट शतप्रतिशत छात्रबृत्तिमा कम्प्युटर साइन्समा स्नातक गरेका क्षितिज एप्पलमा कार्यरत हुनु अगाडि पेपलमा कार्यरत रहेका थिए। त्योभन्दा अगाडि उनले गोल्डम्यान स्याक्समा समेत काम गरेका थिए। उनले नेपाल सरकारका तर्फबाट नेशनल युथ अवार्ड समेत प्राप्त गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com