एसाइलमको नयाँ नियम कार्यान्वनमा रोक लगाउने अदालती आदेशबिरुद्ध सरकारी अपिल


प्रकाशित मिति : श्रावण १४, २०७६ मंगलबार

अमेरिकामा एसाइलमका लागि योग्य हुन बाटोमा पर्ने कुनै देशमा एसाइलम गरेर अस्वीकृत भएको हुनुपर्ने ट्रम्प प्रशासनको नयाँ नियमलाई क्यालिफोर्नियाको अदालतले कार्यान्वयनमा रोक लगाएपछि अदालतको रोकबिरुद्ध अपिल गरिएको छ । सोमबार डिपार्टमेन्ट अफ जस्टिसले अदालतको निर्णयबिरुद्ध नाइन्थ सर्किट कोर्टमा अपिल गरेको हो ।

साथै सरकारले क्यालिफोर्नियाको नर्दन डिस्ट्रिक्ट कोर्टमा इमर्जेन्सी मोसन फाइल गर्दै नाइन्थ सर्किट कोर्टको निर्णय नआउँदासम्म एसाइलमको नयाँ नियम कार्यान्वयनमा लगाइएको रोक फुकुवा गर्न समेत माग गरिएको छ ।

डोनाल्ड ट्रम्पले नियुक्त गरेका वासिंटन डिसीका न्यायाधिसले एसाइलमको नयाँ नियम कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरे लगत्तै बराक ओबामाले नियुक्त गरेका क्यालिफोर्नियाका न्यायाधिसले एसाइलमको नयाँ नियम कार्यान्वयनमा रोक लगाएका थिए । ट्रम्प प्रशासनले ल्याएको एसाइलमको नयाँ नियम कार्यान्वयनमा आउनासाथ कानुनी चुनौतीको सामना गर्नु परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका आउने क्रममा बाटोमा पर्ने देशमा एसाइलमको आवेदन दिएको र अस्वीकृत भएको व्यक्तिलेमात्र अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दिनसक्ने नयाँ नियमले सिमाक्षेत्रमा एसाइलमलाई लगभग असम्भव बनाएको थियो । राष्ट्रपति ट्रम्पको कैयन नीति बिरुद्ध फैसला गरेको नाइन्थ सर्किट कोर्टले जस्तो सुकै फैसला गरेपनि यो मामला सर्बोच्च अदालतसम्मै पुग्ने देखिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com