२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
खबर

दैवको खेल : एउटा छोराको शव आयो, अर्को छोरा विदेशकै जेलमा !

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ साङबारीकी ६१ बर्षीय कुमारी गुरुङलाई जस्तो पीडा अहिले कस्को आमालाई होला । घरको आर्थिक अवस्था कमजोर भएपछि राजेगारीको खोजीमा गएका दुई छोराको अवस्थाले उनको आँखा ओभाना छैनन् ।

जेठा छोरा रामबहादुर गुरुङ ११ बर्ष अघि मलेशिया गएका थिए । ४ बर्ष पछि भाई नेत्र बहादुर गुरुङलाई पनि उतै बोलाए । घरमा वृद्ध बाबु आमालाई बेला बेलामा फोन गर्दा दुवै भाइ घरमा आएर पक्की घर बनाउने र गाँउमै केहि गर्ने सुनाउँथे ।

तर एक वर्ष अघिबाट दुवै छोराको फोन आउन छोड्यो । छोराहरुको बाटो कुरेर बसेका बाउ आमाले गत सालको साउनमा अपत्यारीलो खबर सुने । मलेशियामा ब्लक उद्योगमा काम गर्दै गरेका कान्छा छोरा नेत्रको मेशिनमा च्यापिएर ज्या८न गएको खबर उनका साथीले सुनाए पछि आमाको पैताला मुनीको जमिन भासियो । त्यसको केहि समय देखि जेठा छोराको समेत फोन आउन छोडेपछि उनको मनमा फेरी चिसो पस्यो ।

कान्छो छोराको मृत अनुहार हेरेपछि बाबुको आँखा पनि ओभाएका छैनन, आमा रोगी छिन् । जेठो छोराको अत्तो पत्तो नपाएका उनीहरुलाई केहि दिन अघिमात्रै छोरीको म्यासेन्जरमा आएको एउटा अडियोले झन् निराश बनाएको छ । अडियोमा रामबहादुरले आँफुलाई जेल परिर्वतन गर्न लाग्दा फोन पाएर बोलेको भन्दै जेलमा के हुन्छ, कहिले फर्कीन्छ भन्ने थाहा नपाएकाले नआत्तीन त भनेका छन् तर बाउआमाको मन कहाँ मान्थ्यो र ?

‘म जेलमा परेको छु, साथमा पासर्पोट नभएपछि कति समय जेलमा राख्छ टुंगो हुँदैन रहेछ, आउन पनि सक्छु जिवन भर जेलमै बित्न पनि सक्छ नआत्तीएर बस्नु, दुतावास तिर यताउता पहल ग¥यो भने आउन पनि सक्छु होला।‘ भन्दै म्यासेज लेखेका थिए ।

आफ्नतका अनुसार रामबहादुर गुरुङका बिषयमा समेत दुतावासले जानकारी नभएको बताउने गरेको छ। बुढेशकालको साहारा ठानेका छोराको यो अवस्थाले अहिले न दिनमा भोक लाग्छ न रात निद्रा । एउटा छोरा त आउला भन्ने आशामा बाटो कुर्नुको विकल्प छैन कुमारीसँग ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →