अमेरिकामा सयौं कागजपत्रबिहिन पक्राउ, लस एन्जलसबाट ३७ डिपोर्ट


प्रकाशित मिति : माघ २९, २०७३ शनिबार

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका झण्डै सबा करोडको संरचना तहसनहस पार्ने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको जावरी २५ को कार्यकारी आदेश कार्यान्वयनका क्रममा यो साता अमेरिकाका विभिन्न राज्यहरुबाट सयौं कागजपत्रबिहिनहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।

अपराधीहरुलाई निशानामा राखेर घरहरु र कामगर्ने स्थानहरुमा छापा मारिएपनि आपराधिक रेकर्ड नभएका कैयन कागजपत्रबिहिनहरुलाई पनि नियन्त्रणमा लिइएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।

असाध्यै सानातिना अपराध गरेका वा आपराधिक रेकर्ड नभएकाहरुलाई पनि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले निशाना बनाएपछि अमेरिकामा रहेका कागजपत्रबिहिनहरुमा त्रास फैलिएको छ । राष्ट्रपति ट्रम्पले कम्तीमा ३० लाखलाई देशनिकाला गर्ने लक्ष्य बनाएका छन् ।

अध्यागमन अधिकारीहरुले एटलान्टा, शिकागो, न्युयोर्क, लस एन्जलस, नर्थ क्यारोलिना र साउथ क्यारोलिनामा विभिन्न स्थानमा छापा मारेर सयौ कागजपत्रबिहिनहरुलाई नियन्त्रणमा लिइएको पुष्टी गरेका छन् । तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी प्रवक्ताले अध्यागमनको छापालाई नियमति कामकारवाही बताएकी छिन् । सोमबारदेखि शुक्रबारसम्म नियन्त्रणमा लिइएका सयौं कागजपत्रबिहिनहरुमा ल्याटिन अमेरिकाका व्यक्ति अधिकांश रहेको उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फ्लोरिडा, टेक्सास, कन्सास र नर्थ भर्जिनियामा दुईदिनदेखि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले कागजपत्रबिहिनहरुलाई नियन्त्रणमा लिन गतिविधि तीब्र पारेका छ । आइसका एजेण्टहरुले शुक्रबार लस एन्जलस क्षेत्रमा काम गर्न जाँदै गरेका र घरमा बसिरहेका कागजपत्रबिहिनहरुलाई पक्राउ गरेर हिराशतमा राखेको अधिकारवादीहरुले पुष्टी गरेका छन् ।

लस एन्जलस क्षेत्रका फिल्ड डाइरेक्टर डेभिड मरिनले १६० जनालाई नियन्त्रणमा लिइएको र तीमध्ये ७५ प्रतिशत आपराधिक रेकर्ड भएकाहरु रहेको बताएका छन् । अरु सबै अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्नेहरु रहेको उनले बताएकाछन् । लस एन्जलसमा समातिएकाहरुमध्ये ३७ जनालाई शुक्रबार राती नै अमेरिकाबाट देशनिकाला गरिसकिएको आइसका अधिकारी डेभिड मरिनले जनाएका छन् ।

सामाजिक सञ्जालमा शुक्रबार फैलिएको एउटा भिडियोमा एकजना कागजपत्रबिहिनलाई अस्टिन सपिङ सेन्टरको पार्किङ लटमा पक्राउ गरिएको देखाइएको छ भने अध्यागमन अधिकारीहरुले बाटोमा चेकप्वाइन्ट राखेर र हिडिरहेको बेलामा आईडी चेक गर्दै कागजपत्रबिहिनहरुलाई पक्राउ गरिरेका छन् । टेक्सासको अस्टिन सिटी काउन्सिल सदस्य जर्ज केसरले शुक्रबार कैयन विद्यार्थीहरु डरका कारण विद्यालयनै नगएको बताएका छन् ।

टेक्सासका डेमोक्रेटिक संसद जोवाक्वीन क्यास्ट्रोले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको सान अन्टोनियो अफिसले साउथ र सेन्ट्रल टेक्सासमा केन्द्रीत गरेर ‘अपरेशन क्रस चेक’ संचालन गरिरहेको पुष्टी गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com