बबरमहलमा ट्याक्सीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् ।
काठमाडौँ महानगरपालिका–११ स्थित बबरमहल सडकमा बा२ज ११८८ नं को ट्याक्सीले बा८३प ४०३५ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जानकारी दिनुभयो ।
स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेकोछ । दुर्घटनापछि फरार ट्याक्सी चालकको खोजी भइरहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।