बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन


प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार

स्याङ्जाको गल्याङमा बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत बोक्सी कुप्रथाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले सामाजिक वृत्तचित्र ‘अग्नि दहन’ प्रदर्शन गरिएको हो ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको संयोजनमा प्रदर्शन गरिएको जनचेतनामूलक वृत्तचित्रलाई गण्डकी प्रदेशका सबै जिल्ला तथा सातै प्रदेशमा प्रदर्शन गरिने प्रतिष्ठान नेपालका अध्यक्ष कोविदशरण उपाध्यायले बताउनुभयो ।

“हाम्रो समाजमा अझै पनि बोक्सीको आरोपमा कुटपिट गर्ने, मलमूत्र खुवाउने, सामाजिक वहिष्कार गर्ने प्रवृत्ति छ”, प्रतिष्ठानका अध्यक्ष उपाध्यायले भन्नुभयो, “समाजमा रहेका अन्धविश्वास, कुरीति, डर भयलाई हटाउन यो अभियानलाई देशैभर पु¥याई प्रदर्शन गरिनेछ ।”

समाजमा सदियौँदेखि यसप्रकारका कुप्रथाले जरा गाडेर बसेकाले पनि यस्ता कुरीति तथा कुप्रथाको अन्त्यका लागि बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ निर्माण गरी प्रदर्शन गरिएको प्रतिष्ठानका सचिव रमा त्रिपाठीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हाम्रो समाजमा जबसम्म मानिस सचेत हुँदैनन्, तबसम्म कुप्रथा अन्त्य हुने अवस्था म देख्दिनँ”, गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख केदारनाथ आचार्यले भन्नुभयो, “धर्म संस्कृतिको नाममा समाजमा बोक्सी कुप्रथाले जरा गाडिरहेको अवस्थामा यसको अन्त्यका लागि सामाजिक संस्कारको आवश्यकता छ ।”

घनश्याम लामिछानेद्वारा निर्देशित वृत्तचित्र ‘अग्नि दहन’ ले बोक्सी आरोपमा परेकी महिलाको कथा बोल्छ । फिल्मको कथा, पटकथा र संवाद लोकमणि पौडेलले लेख्नुभएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com