फेसबुकबाटै थाल्यो नेपाल प्रहरीले सोधपुछ !
प्रकाशित मिति : असार १२, २०७६ बिहीबार
सामाजिक सञ्जालको विषयलाई लिएर दैनिक दर्जनौं उजुरी आउन थालेपछि नेपाल प्रहरीले सामाजिक सञ्जालबाटै सोधपुछ सुरु गरेको छ । सामान्य किसिमका घटनाका बिषयमा प्रहरीले सामाजिक सञ्जालबाटै सोधपुछ सुरु गरेको हो ।
सम्पर्कभन्दा बाहिर रहेका व्यक्तिलाई सचेत गराउन यो विधि उपयोगी हुने ,प्रहरीको साइबर अपराध ब्युरो [सीसीबी] का प्रमुख विकास श्रेष्ठ बताउँछन् ।
प्रहरीले हालै साउदी अरबमा रहेका एक युवकलाई म्यासेन्जरमार्फत सन्देश सम्प्रेषण गरेको छ, जसले स्टाटस लेखेर ‘एजिज रेन’ नामक फेसबुक प्रोफाइललाई गाली गलौज गरेको, उजुरी हामी कहाँ आएको थियो, ‘उनी विदेशमा भएकाले पक्राउ गरेर ल्याउने विषयमा अफ्ठ्यारो थियो । त्यसैले सचेत गराइएको हो , श्रेष्ठ भन्नुभयो ।’
ती युवाले प्रहरीलाई प्रश्नको जवाफ पनि दिएका छन् । डीआईजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित भएको बताउँदै सचेत रहन सर्वसाधारण सबैमा आग्रह गरे ।






