कञ्चन अमात्यले पाइन् प्रतिष्ठित अमेरिकी अवार्ड, १७ बर्षमा अवार्ड पाउने पहिलो नेपाली


प्रकाशित मिति : असार १०, २०७६ मंगलबार

श्रृजनशिल युवा नेतृत्वलाई १७ बर्षदेखि प्रदान गरिदै आएको एउटा प्रतिष्ठित अमेरिकी अवार्ड नेपाली चेली कञ्चन अमात्यले प्राप्त गरेकी छिन् । सोसाइटी फर इन्टरनेशनल डेभलपमेन्टले सन् २००३ देखि प्रदान गर्दे आएको अवार्ड यसबर्ष अमात्यलाई दिइएको हो ।

टु्रम्यान अवार्डका रुपमा चिनिने यो अवार्ड हाल राइस अवार्डका रुपमा चिनिन्छ । एन्ड्रयु ई राइसका नाममा स्थापित यो अवार्ड सन् २०११ देखि राइस अवार्डका रुपमा चिनिन थालेको हो । एन्ड्रयु ई राइस चर्चित अमेरिकन बौद्धिक व्यक्तित्व हुन् जसले सन् १९५७ मा सोसाइटी फर इन्टरनेशनल डेभलपमेन्टको स्थापना गरेका थिए । उनको निधन सन् २०१० मा ८७ बर्षको उमेरमा भएको थियो । उनको निधन पश्चात यो अवार्डको नाम राइस अवार्ड राख्न थालिएको हो ।

विगतमा अवार्ड प्राप्त गर्नेहरुको विवरण यहाँ हेर्नुहोला ।

एकसयजना भन्दा धेरै उच्च स्तरीय पेशाकर्मीहरुकाबीचमा वासिंटन डिसीको रोनाल्ड रेगन इन्टरनेशनल सेन्टरमा अमात्यलाई अवार्ड प्रदान गरिएको हो । विश्वका विभिन्न २२ देशका आवेदकहरुमध्येबाट छनौट गरेर अमात्यलाई अवार्ड प्रदान गरिएको हो ।

फोब्र्सको ३० बर्ष मुनीका ३० जनामा छनौट भएकी अमात्यले महिला तथा युवा शक्तिकरणको क्षेत्रमा उल्लेख्य कामहरु गर्दै आएकी छिन् ।

एकहजार डलर राशी सहितको यो अवार्ड २२ देखि ३२ बर्ष उमेरका युवा नेतृत्वलाई प्रदान गरिदै आएको छ । अवार्डको नोमिनेशन र छनौटका लागि विभिन्न मापदण्डहरु तोकिएको छ ।

अवार्ड, विजेता, नोमिनेशन प्रकृया र छनौट प्रकृयाबारे जान्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com