हिंसा बढेपछि छात्रालाई आत्मसुरक्षा तालिम


प्रकाशित मिति : असार १०, २०७६ मंगलबार

प्रदेश नं २ मा महिलामाथि हिंसासहितको विभिन्न घटना बढिरहेको अवस्थामा प्रदेश सरकारले विद्यालयमा अध्ययनरत छात्राका लागि आत्मसुरक्षा तालीमको शुभारम्भ गरेको छ । प्रदेश नं २ का आठवटै जिल्लाका विद्यालयमा यो तालीम सञ्चालन हुनेछ ।

सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जनविकास केन्द्रमार्फत सञ्चालन भएको सो तालीममा विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षाको तालीम दिइनेछ । तालीमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले महिला हिंसा बढिरहेको अवस्थामा विद्यालयमा पढ्ने छात्राहरुलाई आत्मसुरक्षाका लागि तालीमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

कानूनमन्त्री यादवले शिक्षा, स्वास्थ्य तथा अवसरका दृष्टिले मुलुकमै पछि परेको प्रदेश नं २ का किशोरीहरुलाई शारीरिक तथा मानसिकरूपले सक्षम बनाउन आत्मरक्षा तालीम सञ्चालन गरिएको स्पष्ट पार्नुभयो ।

समाजिक विकास मन्त्रालयले रु एक करोड खर्च गरेर विद्यालयमा तालीमको आयोजना गर्न लागेको समाजिक विकास मन्त्री नवलकिशोर साहले जानकारी दिनुभयो । उहाँले तालीमपछि छात्रामा आत्मबलको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लैङ्गिक हिंसाका कारण किशोरीहरुले अध्ययनलाई निरन्तरता दिन नसकेको बताउँदै मन्त्री साहले छात्राको मनोबल बढाउनका लागि आत्मरक्षा तालीमअन्तर्गत कराते तथा शारीरिक कसरतजस्ता सामान्य परीक्षण दिइने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले “स्वास्थ्यका लागि खेलकूद, राष्ट्र निर्माणका लागि खेलकूद” भन्ने मूल नारासाथ आयोजना गरेको १५ दिने आत्मरक्षा तालीममा प्रदेश नं २ मातहतका ६४ सामुदायिक विद्यालयका छ हजार ४०० विद्यार्थी सहभागी छन् । सहभागीलाई प्रदेश नं २ का प्रमुख प्रशिक्षक मोहम्मद असगर खानले आत्मरक्षा तालीम दिइरहनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com