चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भउको छ । ती मध्ये तीनजना बालक छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
प्रहरी नायब निरीक्षक रत्नबहादुर खत्रीका अनुसार मौरीघाटका १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरीको मृत्यु भएको हो । चट्याङ लागेर सोही गाउँका ८ वर्षीय अविनाश चौधरी घाइते भएका छन् ।
उनको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार एकै गाउँका यी बालक मौरीघाट माध्यमिक विद्यालय परिसरनजिकै रहेको जामुनको रुखमुनि जामुन खाँदै थिए । बेलुका साढे ६ बजेतिर एक्कासी चट्याङ लागेर चारैजना ढलेका थिए । उनीहरुमध्ये अविनाशको अवस्था मात्रै सामान्य थियो भने अन्य तीनजा अचेत अवस्थामा थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।