आ–आफ्नै तालमा ओली–प्रचण्ड
प्रकाशित मिति : असार १०, २०७६ मंगलबार
k|wfgdGqL k|r08 / cWoIf cf]nLaLr e]6 k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú / g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nLaLr laxLaf/ l;+xb/af/l:yt ;efd’vsf] sfo{sIfdf e]6jftf{ x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
नेपाल कम्युनिस्ट पार्टी्भित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ ।
पार्टी एकतापूर्व नै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको आलोपालो नेतृत्व गर्ने र पार्टीको कार्य्दिशाका बारेमा भएको सहमतिलाई लिएर शीर्ष तहमा नै आशंका बढेको छ । अध्यक्ष प्रचण्डले आलोपालो गर्ने सहमति भएको र कार्यान्वयन हुने अभिव्यक्ति दिएपछि पार्टी्भित्र राजनीतिकरूपमा तरङ्ग ल्याएको थियो ।
पार्टीका नेताहरूको कार्य्विभाजन, जनसंगठनको एकीकरण, स्थानीय तहको एकताको विषय टुंगो लाग्न नसकेर सचिवालयको बैठक लम्बिँदै आएको छ । कार्य्विभाजन पनि गुटगत स्वार्थका कारण लम्बिँदै आएको छ । पार्टी एकीकरण भएको तीन महिनामा सबै एकताको काम सम्पन्न गरे पनि १३ महिना बितिसक्दासमेत पूर्णता पाउन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।






