अध्यागमन छापामा ७५ कागजपत्रविहिन पक्राउ, कुन देशका कति ?


प्रकाशित मिति : असार १०, २०७६ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काजजपत्रविहिनहरुलाई देशनिकालाको प्रकृया दुईसाता पछाडि सारेको बताएपनि अध्यामगनको नियमित छापाभने जारी नै रहेको छ । ४ दिने छापाका क्रममा टेक्सास र ओक्लोाहोमामा ७५ जना कागजपत्रविहिनहरु पक्राउ परेका छन् ।

उत्तरी टेक्सास र ओक्लोहोमामा आइसको छापामा पक्राउ पर्नेहरुमा ५८ जना मेक्सिकनहरु रहेका छन् । ६ जना ग्वाटेमाला, ६ जना होण्डुरस र दुईजना एलसाल्भाडोर कागजपत्रविहिनहरु पक्राउ परेका छन् । तीनजना भने केन्या, इक्वेडर र भियतनामका रहेका छन् ।

अमेरिकाका कागजपत्रविना प्रवेश गरेकादेखि लागुऔषधको कारोबारमा दोषी ठहरिएकाहरुसम्म पक्राउ परेका छन् । होण्डुरसका एकजना बालिकालाई बलात्कार गरेको अभियोगमा पहिले पनि पक्राउ परेका व्यक्ति थिए । त्यस्तै मेक्सिकोका एकजना पहिले पनि लागुऔषको कारोबारमा दोषी ठहरिएका थिए ।

आइसको अपरेशनका क्रममा आइसका अधिकारीहरुले कागजपत्रविहिन जोसुकैलाई पनि उनीहरुको तजबिजका आधारमा पक्राउ गर्न सक्छन् । खासगरी विभिन्न अपराध गरेका कागजपत्रविहिनहरुलाई आइसले अहिले निशानामा राखेपनि ट्रम्पले देशनिकाला गर्ने भनिएका व्यक्तिहरु अपराध नगरेका कागजपत्रविहिन परिवारहरु समेत रहेका छन् ।

उनीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेपनि अमेरिका नछाडेकाले उनीहरुलाई पक्रेर सिधै देशनिकाला गर्ने ट्रम्प प्रशासनको योजना रहेको छ । एकपटक देशनिकालाको आदेश पाइसकेकाहरुलाई आइसले विना झण्झट अमेरिकाबाट सिधै देशनिकाला गर्नसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com