आइसको छापा दुईसाता पछाडि सारिएको भन्दै ट्रम्पले गरे ट्वीट


प्रकाशित मिति : असार ७, २०७६ शनिबार

डेमोक्र्याट्सहरुको आग्रहमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापा दुईसाता पछाडि सारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् । शनिबार गरेको ट्वीटमा उनले कागजपत्रविहिनहरुलाई आम देशनिकालाको काम दुईसाता पछाडि सारेको जनाएका हुन् ।

डेमोक्र्याट्स र रिपब्लिकनबीच एसाइलम र अध्यागमनका छित्रहरुको समाधानका बारेमा सहमति कायम नभए दुईसातापछि देशनिकालाका सुरु हुने ट्रम्पले चेतावनी दिएका छन् । आइतबारदेखि अमेरिकाका विभिन्न १० शहरमा आइसले छापामार्ने र देशनिकालका तीब्र पार्ने समाचार अमेरिकी संचारमाध्यमहरुमा आइरहेको बखत ट्रम्पको यस्तो भनाई आएको हो ।

शुक्रबार राती प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीलाई ट्रम्पलाई फोन गरेर आप्रवासी छापा संचालन नगर्नका लागि आग्रह गरेकी थिइन् । शनिबार पनि पेलोसीले नेताहरु र सामुदायिक संस्थाहरुले परिवारलाई अलग गराउने ट्रम्पको कदम रोक्नका लागि आब्हान गर्ने अपेक्षा गरेको बताएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com