लोकसेवा : ९ हजारकाे काेटामा २ लाख ३५ हजारकाे आवेदन, अझै बढ्ने


प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार

लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेका विभिन्न पदमा आवेदन आउने क्रम उत्साहजनक रूपमा बढेको छ । लोकसेवा आयोगकाे अनुसार सुक्रबार साँझ ५ बजेसम्म २ लाख ३४ हजार ८९२ जनाको आवेदन दर्ता भएको छ । जसअन्तर्गत खुलातर्फ २ लाख ३२ हजार ११३, जनजातितर्फ २५ हजार ५७४, मधेसीतर्फ १४ हजार ९८०, दलिततर्फ १ हजार ८२८, अपांगता भएकातर्फ ९६ र पिछडिएका वर्गतर्फ ७५ जनाको आवेदन दर्ता गराएको लोकसेवा आयोगले जनाएको छ ।

आवेदनबापत ५ करोड २० लाख ५६ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएकाे पनि आयोगले जनाएकाे छ । लाेकसेवाकाे आवेदन फारम भर्ने समय तीन दिन भएकाले अझै याे संख्या बढ्ने अनुमान गरिएकाे छ । गत जेठ १५ गतेदेखि असार ३ गतेसम्मका लागि ५१५ स्थानीय तहका लागि आयोगले विभिन्न नौ हजार १६१ पदका लागि आवेदन खुलाएको थियाे । तर प्राविधिक समस्याका कारण आवेदन दिन नपाएको गुनासोपछि आयोगले समयावधि आगामी १० असारसम्मका लागि थप गरेको छ ।

सर्भरमा समस्या देखिँएको कारण अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्या परेपछि गत मंगलबार अर्थात असार ३ गतेसम्म मंगलबार बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गर्ने निर्णय गरेको हो ।

आवेदकले भने अझै समस्या रहेको बताउँदै आएका छन् । लोकसेवाको फारम भर्ने सर्भरमा समस्या देखिएपछि ‘फारम भर्न नपाएको’ भन्दै विद्यार्थीहरूले आन्दोलन समेत गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोगले खुलाएको विज्ञापन सम्बन्धमा परेको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्ने विषय टुंगाे लग्न सकेकाे छैन । यही बुधबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले विज्ञापनका सम्बन्धमा परेका सबै रिटको फाइल एक साथ पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।

लोकसेवाले खुलाएको विज्ञापनलाई खारेज गर्ने वा नगर्ने भन्ने विषयमा संसदिय समितिमा समेत जुहारी नै चलेकाे थियाे ।

शुरूमा अधिवक्ता विकास ठाकुरले लोक सेवाको विज्ञापन समावेशी समानुपातिक सिद्धान्तविपरीत रहेकाले खारेजीको माग गर्दै रिट दायर गरेका थिए । लोक सेवाबाहेक अरूले कर्मचारी भर्ना लिन नमिल्ने भन्दै अर्को रिट पनि परेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com