प्रहरीभित्र एकले अर्कोलाई बदनाम गराउने अनौठो र विकृत प्रवृति हुर्कदै


प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार

– राधाकृष्ण देउजा

नेपाल प्रहरी संगठन समग्रमा देशभक्त, इमान्दार र सम्मानयोग्यहरु रहेको संगठन हो तर अन्यत्र जस्तै यहाँ पनि केहि खराव पात्रहरु स्वाभाविक रुपमा हुनेनै भए , त्यस्ता खराव पात्रहरुले ढिला वा चाँडो यसो वा उसो हिसावले आफ्नो कर्म अनुसारको फल पाएका पनि छन ।

गलत गर्दा दण्डित अनि ठिक गर्दा पुरष्कृत गरिनुनै सहि अभ्यास हो जुन प्रहरी संगठनमा लामो समय देखि अभ्यास भएकै छ । कुनै बेला नेतृत्वमा रहेकाहरुले केहि कसैलाइ बचाउन खोजेको रहेछ भने अर्को नेतृत्व आउँदा त्यस्ता खराव पात्रहरुलाइ कारवाही हुनेनै गरेको छ , भनिन्छ नि कर्ममा खोट रहेको छ भने त्यसको प्रतिफल जरुर मिल्छ नै र मिल्नु पनि पर्छ ।

तर पछिल्लो केहि समय देखि प्रहरी संगठन भित्र अनौठो र विकृत प्रवृति हुर्कंदै गएको देखिन्छ । आफ्ना प्रतिस्पर्धीहरु वा आफ्ना प्रतिस्पर्धीहरुको निकट भए रहेको हुनसक्ने आधारमा संगठनका जिम्मेवार अधिकृतहरुको विषयमा तथ्यहिन समाचारहरु दिएर मिडियालाइ पनि दीघभ्रमित पार्दै मिडियाकै विश्वसनीयता माथि सवाल खडा गराउने मात्रै नभएर प्रहरी संगठनकै प्रतिष्ठा गिराउन भूमिका खेल्ने काम भैरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केहि दिन अगाडी मात्रै हाल सिन्धुपाल्चोकको प्रहरी प्रमुख रहेका एसपी मुकुन्द मरासिनीले दुइ बर्ष अगाडी बुटवलको डीएसपी हुँदा दुर्घटनामा संलग्न चालकलाइ बचाउन नक्कली चालक खडा गराएर सक्कलीलाइ बचाएको भन्ने समाचार प्रकाशीत भएको थियो तर उक्त समाचारमा उल्लेख भए जस्तो तथ्य चाहिं हैन रहेछ ।

उल्लेखित दुर्घटनामा मृतकका पिडित छोराले नक्कली ड्राइभरको खिलाफ जाहेरी दिएपछी पक्राउ परेका व्यक्ती अनुसन्धानबाट नक्कली रहेको , लाइसन्स विना मोटरसाइकल चलाएर दुर्घटना गराउने आफन्तलाइ बचाउन खोज्दै प्रहरीलाइ झुटो वयान दिएको पुष्टि भएपछी घटनाको तेश्रो दिन सक्कली चालक पत्ता लगाइ दुबै जनालाइ थुनामा राखी सक्कली लाई मुद्दा दायर गरि पुर्पक्षका लागि कारागार पठाएको तथ्यलाइ तोडमोड गरेर आएको उक्त समाचार संगठन भित्रकै कसैले मिडियालाइ नै दिग्भ्रमित पारेर दिएको सूचना वाहेक अरु त केहि हुनै सक्दैन ।

यो त केवल एउटा उदाहरण हो , प्रहरी संगठनमा रहेर आफ्नो निजि आग्रह पूर्वाग्रहको आधारमा संगठनकै अरु कोहि सदस्यको वदनाम गर्ने प्रवृतिले धेरै राम्रा अधिकृतहरुले विगत देखि अहिलेसम्म धेरै हैरानी व्यहोर्नु परेको छ । समग्रमा भन्नु पर्दा यस्तो प्रवृतिले कसैको हित गर्ने वाला छैन , यसले केवल प्रहरी संगठनको मनोवल घटाउने , यसै पनि सदैव प्रहरी प्रति सशंकित रहनु पर्छ भन्ने मान्यताले ग्रस्त समाजको एउटा हिस्सालाइ प्रहरी प्रति अझै नकारात्मक बनाउन भूमिका खेल्छ ।

प्रहरीका एसपी मुकुन्द मरासिनी हुन वा अरु कोहि हुन, उनीहरुले गल्ती गरेको छन वा गर्छन भने उनीहरुलाइ कारवाही हुनुपर्छ तर हुँदै नभएको गर्दै नगरेको गल्तीको आधारमा कसैको हुर्मत लिन खोजिन्छ भने त्यसको प्रतिवाद सवै तिरबाट हुनुपर्छ । अरुलाइ न्याय दिने प्रहरीहरुले उनीहरुलाइ अन्याय हुन लाग्यो भने त्यसको विरुद्ध आवाज उठाउने पङ्क्ति स्वाभाविक रुपमा तयार रहन्छ भन्ने विश्वास लिएर काम गर्ने वातावरण बन्नु पर्छ ।

अहिलेको निम्ती तथ्यलाइ तोडमरोड़ गरेर प्रकाशित समाचारले एसपी मरासिनीलाइ कम्जोर बनाउन नसकोस, आफुलाइ प्राप्त सूचना गलत रहेछ भन्ने ज्ञान समाचार प्रकाशित गर्ने सम्मानित संचार माध्यमलाइ पनि होस अनि आफ्नो मन शान्त पार्न कसैको वदनाम बनाउने प्रवृति र पात्रहरु निरुत्साहित हुँदै जाउन भन्ने कामना ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com