सिंगापुरका पानीजहाजमा जागिर दिने भन्दै ३ सय युवाबाट ६ करोड ठगी


प्रकाशित मिति : असार ४, २०७६ बुधबार

सिंगापुर लगेर पानीजहाजमा जागिर लगाइदिने प्रलोभन देखाएर तीन सय युवासँग ६ करोड ठग्ने व्यक्ति पक्राउ परेका छन् । नुवाकोट गणेशस्थान–९ का ३४ वर्षीय प्रवीण पौडेललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले हेटौँडाबाट पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाले तीन सय युवाबाट पौडेलले पाँच लाखसम्म रकम उठाएको बताए । ‘पानीजहाजमा क्रु मेम्बरको जागिर लगाइदिने भनेर तीन सय युवाबाट करिब ६ करोड उठाएको प्रारम्भिक अनुसन्धानबाट देखियो । बाँकी तथ्य अनुसन्धानबाट सार्वजनिक हुँदै जानेछ,’ एसएसपी थापाले भने ।

प्रहरीका अनुसार उनले युवा संकलन गर्न विशालनगरमा चार वर्षदेखि अप्रेन्टिस फर्म प्रालि खोलेका थिए । प्रतिमहिना ६ सय ५० डलर तलब दिने काममा पठाउने र त्यसका लागि जहाजमै तालिम लिनुपर्ने भन्दै अग्रिम दुई लाख लिन्थे । भारतीय जहाजका क्रु मेम्बरलाई तालिम दिने कम्पनीसँग सम्झौता समेत गरेका थिए ।

सिंगापुर जान तयार भएका युवालाई उनी त्यहीँ लैजान्थे । यसरी ठगिएका  ५८ जना सम्पर्कमा आइसकेको अनुसन्धानमा खटिएका महाशाखाका एसपी सुशीलसिंह राठौरले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com