नातावाद र कृपावादले लोकतन्त्र बदनाम हुन्छः प्रधानमन्त्री ओली


प्रकाशित मिति : असार ४, २०७६ बुधबार

प्रधानमन्त्री एवं राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष केपी शर्मा ओलीले कानूनी र अन्य प्रक्रियाका झण्झटले विकासनिर्माणका काममा अवरोध हुन नहुने धारणा व्यक्त गर्नुभएको छ । काठमाडौंमा बुधबार आयोजित समितिको ४५ औँ बैठकमा उहाँले केही राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनामा विभिन्न कानूनी मुद्दा देखाई काम अवरोध भएको प्रति लक्ष्य गर्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विकास निर्माणमा हाम्रो प्रयास राम्रै छ, केही योजनामा काम अघि नबढाई लामो समयसम्म अलपत्र पार्नेलाई भने अयोग्य घोषणा गर्नुपर्छ ।” उहाँले सङ्घअन्तर्गतका मन्त्रालयबीच एकापसमा र तीनै तहका सरकारबीच समन्वय गर्न सहजीकरण समिति बनाइएको बताउँदै यसले छिटो विकास गर्न योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

एक प्रसङ्गमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “नातावाद, कृपावाद र भ्रष्टाचारले लोकतन्त्र बदनाम हुन्छ, यसलाई नियन्त्रण गर्नुपर्छ, लोकतन्त्र सुृढीकरणका लागि थिती बसाल्नैपर्छ, हामी सफल हुन्छौँ र सफल हुनुपर्छ ।” मुलुकको आर्थिक स्थिति उत्साहित रहेको र धेरै समस्या समाधान भइसकेको उल्लेख गर्दै उहाँले विभिन्न आरोहअवरोहपछि करीब सात प्रतिशतको आर्थिक वृद्धि हासिल हुनु ठूलो उपलब्धि भएको धारणा व्यक्त गर्नुभयो ।

भएका केही कमजोरी सुधार्दै जानुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार, ढिलासुस्ती र कमजोरी नगरी दृढताका साथ अघि बढ्न सबैलाई निर्देशन दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो, “सरकारलाई असहयोग गर्ने र जनतामा निराशा छर्ने काम भइरहेको छ, राजनीतिक क्षेत्रमा त यस्तो हुन्छ तर सरकारी निकायबाट पनि यस्तो काम भएको जानकारी छ । ती कुराहरुमा सजग हुनु जरुरी छ ।”

बैठकमा समिति र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले वनसँग सम्बन्धित वातावरण प्रभाव मूल्याङ्कन र आइइए सहजीकरण गर्ने, रुग्ण ठेक्कापट्टा छिटो समाधान गर्ने, ढुङ्गागिट्टी– बालुवाको उत्खनन्मा देखिएका समस्या समाधान गर्ने, तीनै तहका सरकारबीच योजना अनुगमन मूल्याङ्कनमा राष्ट्रिय ढाँचा नहुँदा देखिएका समस्या, राजधानी, प्रदेश र स्थानीय तहको प्रशासन केन्द्र भवन निर्माणका लागि सार्वजनिक जग्गा र राष्ट्रिय वन जग्ग समेत आवश्यक पर्ने देखिएको लगायत नौ प्रस्ताव पेश गर्नुभएको थियो ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेट विनियोजन र राजस्व बाँडफाँटका सम्बन्धमा विभिन्न मन्त्री र मुख्यमन्त्रीहरुले राखेका जिज्ञासाका सम्बन्धमा स्पष्ट पार्नुभएको थियो ।

बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, महालेखा परीक्षक टङ्कमणि शर्मा, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले आफ्ना समस्या, समाधान गरेका विषय र अन्य जिज्ञासाका बारेमा धारणा व्यक्त गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com