क्विन्स जिल्ला अधिवक्ता पदमा टिफनी कबान भिड्दै


प्रकाशित मिति : असार ३, २०७६ मंगलबार

क्विन्स जिल्ला अधिवक्ता पदका लागि टिफनी कबान भिड्दैछिन् । एशियन मुलका नागिरकहरुको समेत सर्मथन प्राप्त गरेकी टिफनी नेपाली समुदायसंग समेत नजिक छिन् । जुन २५ मा हुने प्राथमिक चरणको निर्वाचनमा टिफनीलाई समर्थन गर्न नेपाली तथा एशियन मुलका नागरिकहरुले आग्रह गरेका छन् ।

उनका समर्थकहरुले सार्वजनिक रुपमै पत्र लेखेर टिफनीलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले प्राथमिक चरणको निर्वाचनमा बिजयी भएमा चुनाव आफ्नो पक्षमा पार्न सक्ने आँकलन गरिन्छ ।

उनका समर्थकले लेखेको पत्र जस्ताको तस्तै ।

प्रिय छिमेकी,

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हामी प्राय: यस्तो चिठीहरु लेख्ने गर्दैनौ, तर हामी क्वीन्स क्षेत्र को डिस्ट्रिक्ट अटॉर्नी लागि जून २५ मा हुने प्राथमिक चुनाव यस वर्षको सबै भन्दा महत्त्वपूर्ण चुनाव हो। हामी तपाईंलाई यो पत्र लेख्दै छौं किनभने हामी चाहन्छौ कि तपाईं जुन २५ को दिन टिफनी कबानको लागि मतदान गर्नुहोस्। यो मान्छेलाई पक्राउ गरेर मात्र हैन बरु व्यवहार परिवर्तन को लागि काम गरेर आपराधिक न्याय प्रणालीलाई बदलन को लागी हामी संग भएको एउटा मौका छ। हामी एक निष्पक्ष प्रणाली चाहन्छौं जुन क्वीन्सलाई सुरक्षित बनाउनेछ र हामीलाई विश्वास छ कि यो सम्भव बनाउन सक्ने उम्मेद्वार टिफनी कबान हुनुहुन्छ।

गत २८ वर्ष देखि क्वीन्स जिल्ला अधिवक्ता कार्यालयले गरीब, अफ्रिकन अमेरिकन र खैरो, र आप्रवासी समुदायहरूलाई विषमतापूर्वक दण्डित गरेको छ। यस्तो स्थितिले अस्थिरता बढाउछ र परिणामस्वरुप सबैको सुरक्षामा कमी ल्याउछ। हामी जिल्ला अधिवक्ता कार्यालयलाई हाम्रा छिमेकीहरूलाई दमन र विमुख पार्न अनुमति दिन सक्दैनौं। पक्राउ गर्नका परिणामहरू आपराधिक न्याय प्रणालीभन्दा धेरै बढी विस्तृत हुन्छ जस्तै उदाहरणका लागि आवासमा, रोजगारीमा र मतदानको अधिकारमा आदि। हामीलाई विश्वास छ कि टिफनी कबान ले यस चक्रलाई तोड्नु हुनेछ र क्वीन्स जिल्ला अधिवक्ताको रुपमा उनले सामुदायिक स्थिरतालाई आफ्नो दृष्टिकोणको केन्द्रमा राख्नु हुनेछ।

वर्तमानमा क्वीन्स डिस्ट्रिक्ट अटॉर्नीले दण्ड र सजायको अवधि द्वारा सफलता मापन गर्दछन्, यसले त्यस्तो परम्परा उत्पन्न गर्दछ जसमा सानातिना अपराधहरू लक्षित हुन्छन्। यसले आप्रवासी, गरीब अफ्रिकन अमेरिकन र साउथ एसियन समुदाय माथि विषमतापूर्वक असर पार्दछ। टिफनीको विचारमा हामीलाई दुई प्रमुख प्रश्नहरूमा ध्यान केन्द्रित गर्न आवश्यक छ: फेरी यस्तो हानि कसरी रोकथाम गर्ने, र हामीले वास्तवमा हाम्रो समुदायलाई सुरक्षित राख्न के गर्नु पर्छ।

टिफनी कबान यस दौडमा सामेल एक मात्र प्रमुख उम्मेद्वार हुनुहुन्छ जसले कुनै पनि कर्पोरेट वा रियल एस्टेट बाट चन्दा स्वीकार गर्नुहुदैन। उनी क्वीन्सका सबै व्यक्तिहरुका लागि अथक कार्य गर्नेछिन् र हामीलाई विश्वास छ कि उनले हाम्रो समुदायमा अस्थिरताको साँचो कारणहरूबाट हाम्रो रक्षा गर्न तिर ध्यान केन्द्रित गर्नेछिन्: जस्तै आवास असुरक्षा, श्रम शोसन र चिकित्सकहरू द्वारा निर्धारित भन्दा बढी दवाई दिनु आदि।

मङ्गलबार जुन २५ को दिन मतदान केन्द्रमा हामी भेंट गरौ र क्वीन्स जिल्ला अधिवक्ताको लागि टिफनी कबान लाई मतदान गरौ। हामीलाई न्याय चाहिन्छ, जेल होइन।

तपाईंका छिमेकीहरू,

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com