प्रधानमन्त्री ‘रोजगार’ कि ‘भ्रष्टाचार’ : गाईगोरु लखेट्ने र झार उखेल्नेलाई  तलब !


प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार

बेरोजगारलाई लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिएका धेरैलाई कामकै समस्या भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा करोडौं रकम आएपछि स्थानीय तहलाई हतारमा बजेट सक्नुपर्ने बाध्यता छ । रोजगारका लागि फारम भरेकालाई काम लगाएर मात्रै रकम दिनुपर्ने भएकाले तत्काल उपलब्धिमूलक काम दिन कठिन भएको हो ।

अधिकांश पालिकाले बजार सरसफाई गर्ने, बजारका झार उखेल्ने, बगैंचाका फूल गोडमेल गर्ने, बजारका छाडा गाईगोरु नियन्त्रण गर्ने, सडकमा ढुंगा, गिट्टी हाल्ने जस्ता काम दिएका छन्। छोटो समयमा विकास निर्माणका काममा लगाउन समस्या भएपछि तत्काल केही न केही काममा व्यस्त बनाउनुपर्ने बाध्यता स्थानीय तहलाई भएको हो। छोटो समयमा करोडौं बजेट खर्च गर्नुपर्ने भएकाले उक्त रकमको सदुपयोग हुनेमा धेरैलाई आशंका छ।

संघीय सरकारले घोराही उपमहानगरपालिकामा एक महिनाका लागि एक करोड बजेट पठाएको छ। उक्त बजेटबाट ७० लाख कामदारको ज्याला, २५ लाख औजार खरिद, ४ लाख आयोजना सुपरभाईजर तथा व्यवस्थापन र एक लाख कन्टेन्जेन्सीमा खर्च गर्ने गरी बजेट बाँडफाँड भएको नगर प्रमुख नरुलाल चौधरीले बताए। याे खबर कान्तिपुर दैनिकमा छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com