पूर्व सांसद बिनोद पहाडीको अध्यक्षतामा राष्ट्रीय दलित पत्रकार संघ को गठन


प्रकाशित मिति : जेष्ठ १९, २०७६ आईतबार

वरिष्ठ पत्रकार बिनोद पहाडीको अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ नेपालको गठन भएको छ ।  दलित समुदायका पत्रकारहरुको भेलाले पहाडीको अध्यक्षतामा २३ सदस्य कार्यसमिति गठन गरेको छ ।

सो भेलाले महिनाभित्र राष्ट्रि भेला गरेर देशभरका दलित समुदायका पत्रकारहरुलाई संगठित गर्ने छ । संघको उपाध्यक्षमा टिकाराम सुनार र भोला पासवानलाई चयन गरेको छ ।महासचिवमा लक्ष्मण दर्नाल, सचिवहरुमा सन्तोष गन्धर्व र अमर सुनार र कोषाध्यक्षमा शुष्मा बरालीलाई चयन गरेको छ ।

भेलाले सदस्यहरुमा गोपाल बराइली धनकुटा, बुद्धि बिश्वकर्मा चितवन, मधु शाही बाँके, भीम घिमिरे मोरङ, कमला रसाइली रामेछाप, विष्णु विश्वकर्मा सुर्खेत, केशव भुल अछाम, विरु नेपाली पाल्पा, दिपक परियार कास्की, गोमा परियार बाँके, पर्वत पोर्तेल झापा, मिलन परियार डोटी, सोना खटिक कपिलवस्तु, बिनोद परियार नवलपरासी, लक्ष्मी बिश्वकर्मा झापा र सरिता बराइली धनकुटालाई चयन गरेको छ ।सो भेलाले रेम विश्वकर्मा, उमिद वागचन, निशा विश्वकर्मा, जेवी विश्वकर्मा, प्रकाशचन्द्र परियार, प्रेम नेपाली र अनिल परियार रहेको सल्लाहकार समिति पनि गठन गरेको छ ।

अध्यक्ष पहाडीका अनुसार संघले देशभरका दलित समुदायका सञ्चारकर्मी संगठित गर्ने र पेशागत सुरक्षाका लागि संगठित आवाज उठाउने छ ।राष्ट्रिय दलित पत्रकार संघ नेपालको भेला तथा घोषणा सभामा दलित आन्दोलनका अगुवाहरु तिलक परियार, गणेश बिके, भक्त विश्वकर्मा, जेवी विश्वकर्मा, प्रकाशचन्द्र परियार, दिपक सोनी लगायतले बोलेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष बिनोद पहाडीले नेपालको दलित आन्दोलन र पूर्ण प्रेस स्वतन्त्रताको आन्दोलनमा दलित समुदायका पत्रकारहरुको सामुहिक पहल कदमीका लागि संघको गठन गरिएको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com