राष्ट्रसंघमा विश्वका ८५ देशका युवा सहभागी सम्मेलनको अध्यक्षता गर्दै जोली


प्रकाशित मिति : माघ २०, २०७३ बिहीबार

संयुक्त राष्ट्रसंघको तीनदिने हिउँदे युवा सम्मेलनको अध्यक्षता नेपाली चेली जोली अमात्यले गरेकी छिन् । फेबु्रअरी १ देखि सुरु भएर ३ सम्म चल्ने युवा सम्मेलनमा विभिन्न एजेण्डामा युवाहरुको भूमिकाबारे छलफल गरिएको छ । सम्मेलनमा नीति निमार्णमा युवाको भूमिका, विश्वका महत्वपूर्ण चुनौतीहरुमा युवा आवाज लगायतका कैयन विषयमा छलफल भएको छ ।

युवा सम्मेलनको पहिलो दिन जोलीले अध्यक्षको हैसियतले सम्बोधन गरेकी थिइन् । बार्षिक रुपमा दुई पटक आयोजना हुने कार्यक्रम अन्तर्गत हिउँदे युवा सम्मेलनको लागि विभिन्न राष्ट्रहरुबाट झण्डै एकहजार युवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । युवा सम्मेलनलाई अस्ट्रेलिया तथा डेनमार्कले अनुमोदन गरेका छन् ।

सम्मेलनको उद्घाटनमा संयुक्त राष्ट्र संघका महासचिवका प्रतिनिधि तथा मानार्थ सभाध्यक्ष सिमोना मिकुलेस्कूले मन्तब्य राखेकी थिइन् ।

राष्ट्रसंघको हिउदे युवा सम्मेलनमा जोली अमात्यको सम्बोधन हेर्न यहाँ क्लिक गर्नुहोला ।

राष्ट्र संघको इतिहासमै अमात्य युवा अध्यक्ष पदमा नियुक्त हुने सबै भन्दा कम उमेरकी तथा पहिलो नेपाली बन्न सफल भएकी हुन् । नयाँ बर्ष २०१७ सहित जोलीले विश्व भरका तमाम यूवा वर्गको प्रतिनिधित्व गर्दै दोश्रो पटक राष्ट्रसंघमा यूवा सम्मेलनलाई सम्बोधन गरेकी हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले युवा सम्मेलनको अध्यक्ष भएको नाताले उपस्थित ८५ वटा राष्ट्रबाट आएका प्रतिनिधि ,अन्य विशिष्ट व्यक्तिहरु तथा अतिथिहरुलाई स्वागत गरिन् । उनले मन्तब्य कै क्रममा उनले आफू गौतमबुद्ध जन्मेको देश नेपालकी छोरी भएको बताइन् ।

मन्तब्यको क्रममा उनले युवामा एकता हुनु पर्ने बताइन् भने विविधता भनेको शक्ति हो भन्दै स्वामित्व ग्रहण गर्नु पर्ने विचार राखिन् । जोली नेपालको प्रतिनिधित्व गर्दै गत बर्ष युवा सम्मेलनकी अध्यक्ष बनेकी हुन् । अमात्य झन्डै एक दशक देखि सयुक्त राष्ट्र संघ , विश्व बैंक, एक्सन एड नेपाल लगायतका संस्थामा काम गरिरहेकी छिन् ।

नेपालको पाटनमा जन्मिएकी जोली काठमाडौँ सेन्ट मेरिज उच्च माध्यमिक मा पढेकी हुन् भने हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी छिन् । सन् २००७ मा महिलाको आवाज भन्ने पत्रिकामा उत्कृष्ट १० महिलाको पुरस्कार प्राप्त गर्ने जोलीलाई ग्लोबल कनेक्सन फर वुमेन फाउन्डेसन भन्ने संस्थाले सन् २०१५ मा योङ्ग ग्लोबल लिडर एचिभमेन्ट पदकले सम्मान गरेको थियो ।

राष्ट्रसंघको हिउदे युवा सम्मेलनमा जोली अमात्यको सम्बोधन हेर्न यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com