नेपाली समुदायको सर्वोपरी हित नै मेरा चुनावी योजना हुन : श्रेष्ठ
प्रकाशित मिति : बैशाख ३०, २०७६ सोमबार
एनआरएनए अमेरिका बोर्ड अफ डाइरेक्टरका उम्मेदवार दुर्गाप्रसाद श्रेष्ठले आफुसंग नेपाली समुदायको हितमा काम गर्ने उत्कृष्ट योजनाहरु रहेको बताएका छन् । आफुलाई विश्वास गरेर अत्याधिक बहुमतले बियजी गराउन आग्रह गर्दै श्रेष्ठले सँधै नेपाली समुदायको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
हाल मेरिल्याण्ड राज्यको च्याप्टर अध्यक्ष रहेका श्रेष्ठले आफु एक दशक भन्दा बढी देखी अमेरिकामा नेपाली समुदायको बृहत्तर हितमा काम गरेको जनाउँदै, आफुसंग ड्रिम प्रोजेक्टहरु रहेको दावी गरेका छन् । श्रेष्ठले भने नेपालीले पाउने दोहोरो नागरिकताको बिषय देखी नेपालीहरुलाई अमेरिकामा एकिकृत गर्ने सम्मका धेरै कामहरु एनआरएनएका योजनाहरु हुन्, त्यसलाई पूजा गर्न म इमान्दार भएर लाग्नेछु ।
नेपालमा, नेपाल उद्योग बाणिज्य महासंघ पर्वतको अध्यक्ष हुँदै केन्द्रिय कार्यसमितिमा समेत रहेका काम गरेका पाका पुराना व्यवसायीको छवि बनाएका श्रेष्ठ असल आचरण भएका व्यक्तिका रुपमा चिनिन्छन् ।






