प्री मनसुन कमजोर हुँदा देशभर तापक्रम बढ्ने
प्रकाशित मिति : बैशाख २९, २०७६ आईतबार
Scott Smith’s winning photo for the Sunrise Credit Union’s 2018 “Our Manitoba Photo Contest.” The photo was taken near Deloraine, and it was chosen from 375 entries. (Scott Smith)
प्री मनसुन कमजोर हुँदै जाँदा यतिबेला नेपालमा मौसमी तापक्रम बढेको छ । फागुनदेखि नै सक्रिय भएको प्री मनसुन वैशाखको दोस्रो सातासम्म राम्रै रहे पनि त्यसयता कमजोर बन्यो । फलस्वरुप देशका विभिन्न स्थानमा अत्यधिक तापक्रम बढ्यो ।
यतिबेला नेपालगञ्जमा सबैभन्दा बढी ४३.५ डिग्री सेन्टिग्रेड तापक्रम छ । त्यस्तै धनगढीमा ४२.४ डिग्री आसपास तापक्रम छ भैरहवामा ४१.६ डिग्री रहँदै तेस्रो तातो सहर बनेको छ । यस्तै चौथोमा दिपायल रहेको छ भने काठमाडौंमा ३२.५ डिग्री तापक्रम पुगेको छ ।
प्री मनसुन कमजोर भएको अवस्थाले गर्मी बढाएको मौसमविद सुवास रिमालले बताउनुभयो । यो तातो बढ्ने समय हो तर गत सालभन्दा अलिक अगाडि नै गर्मी भएको छ, उहाँले भन्नुभयो, ‘सन्तुलन ल्याउन वर्षा हुनुपर्छ तर वर्षा प्रणाली त्यति बलियो छैन ।’ उहाँको अनुसार आइतबादेखि केही दिन हल्का पानी पर्ने छ । त्यसले केही शीतल महसुस गराए पनि फेरि तातो बढाउने छ । हिन्द महासागरबाट आउने एलनीनो वर्षा प्रणाली कमजोर रहेकाले नेपाल, भारतलगायतका भेगमा कतै बढी पानी पर्ने र कतै कम पानी पर्ने अवस्था रहन्छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।






