संस्कृत विश्वविद्यालयको १३ सय २६ बिघा कब्जा, यस्तो छ कहानी
प्रकाशित मिति : बैशाख २९, २०७६ आईतबार
संस्कृत विश्वविद्यालय सञ्चालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे। दाताको कदर गर्दै जग्गाको विववरणसँगै संस्कृतका श्लोक लेखियो, जसको आशय छ– ‘भूमि दानभन्दा विशेष दान अरू छैन, भूमिहरण गर्नुजस्तो पाप अरू छैन।’
तर यही आशयको खिल्ली उडाउँदै दानबाट प्राप्त विश्वविद्यालयको देउखुरीस्थित १ हजार ३ सय २६ बिघा ७ धुर जमिन १८ वर्षदेखि कब्जामा छ।
शसस्त्र द्वन्द्वका बेला ०५८ सालमा तत्कालीन विद्रोही माओवादी राजपुरस्थित विश्वविद्यालयको सम्पर्क कार्यालय भत्काई विस्थापित गराएपछि गुमेको जग्गा अहिलेसम्म फिर्ता हुन सकेको छैन।
अधिकांश जग्गा किसानले कब्जा गरेका छन्। केही जग्गा प्रहरी चौकी र मन्दिरका नाममा कब्जा छ। सतबरियाको वनघुस्रीिस्थित १० बघिा जमिन मात्रै ठेक्कामा लगाइएको नेविसं देउखुरी जग्गा व्यवस्थापन समिति संयोजक माधव अधिकारीले बताए। सबै जग्गा अरूकै नियन्त्रणमा रहेको उनले बताए।






