नेपाल डे परेड २०१९ को तयारी तिव्र
प्रकाशित मिति : बैशाख २९, २०७६ आईतबार
नेपाल डे परेड २०१९ भब्य रुपमा सम्पन्न गर्नका लागि तयारी तिव्र पारिएको छ । तयारी तिव्र पारिएको नेपाल डे परेड समितिका अध्यक्ष निमा शेर्पाले जानकारी दिएका छन् । परेड समितिका अध्यक्ष शेर्पाका अनुसार धेरै भन्दा धेरै नेपालीहरु सहभागि गराउनका लागि बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुलाई खबर गरिएको छ । साथै अर्थ संकलन, स्टेज व्यवस्थापन, सांस्कृतिक कार्यक्रम लगायतका अन्य तयारी समेत तिव्र पारिएको छ ।
नेपालको राष्ट्रियता झल्काउने र नेपालीहरुको पहिचान विश्व समुदायलाई जानकारी गराउने उदेश्यले आयोजना हुँदै आएको नेपाल डे परेड सम्पन्न गर्नका लागि शतेन्द्र शाहको संयोजकत्वमा एक समिति छ ।
प्रवासमा नेपालको पहिचान झल्कने कार्यक्रम भव्य एवं सभ्य रुपमा सम्पन्न गर्नका लागि सबैको सहयोग समेत आवश्यक रहेको आयोजकहरुको आग्रह छ । स्टेरिङ कमिटिका संयोजक शाहले नेपाल डे परेड सम्पूर्ण नेपालीहरुको गौरवको कार्यक्रम भएकाले अमेरिकाको बिभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुलाई सहभागि हुन आग्रह गरेका छन् ।
पूर्व कन्भेनर रविकिरण कोइरालाले आफ्नो पहिचान सहित बिभिन्न कार्यक्रम समेत लिएर कार्यक्रममा सहभागि हुन सक्ने उल्लेख गरेका छन् । कोइरालले भने यो हाम्रो पर्व हो, यसलाई सबै मिलेर सफल पारौं ।
बिगत चार बर्षदेखी न्यूयोर्कको म्यानहाटनमा नेपाल डे परेड हुँदै आएको छ । नेपाल र नेपालीहरुको बिविध कला, सँस्कृति, भेषभुषा झल्काउने हिसाबले यो कार्यक्रम फलदायी हुँदै आएको छ । यस बर्षको नेपाल डे परेड २०१९, मे महिनाको १९ तारिख हुँदैछ ।






