नेपालगन्ज ‘लु’ चल्न थाल्यो, तापक्रम ४३.५ डिग्री


प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार

नेपालगन्जमा विगत एक सातादेखि निरन्तर तातो हावा ‘लु’ चलिरहेको छ। शनिबार वर्षकै सर्वाधिक गर्मी ४३ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ। जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी फिल्ड कार्यालयका अनुसार विगत एक सातादेखि ३९ देखि ४३.५ डिग्रीसम्म तापक्रम पुगेको छ।

शुक्रबार ४३ डिग्री तापक्रम रहेको नेपालगन्जमा शनिबार यो वर्षकै सर्वाधिक तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको हो। न्यूनतम् तापक्रम भने २२.३ डिग्री सेल्सियस मात्र छ।

लु चल्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ। दिउँसो आवत जावत घटेको छ। घरमै बस्दा पनि पंखाले समेत तातो हावा फाल्ने गरेको छ। गर्मी बढ्दै गएकाले नेपालगन्जमा दहीको लस्सी, उखुँको जुस, आइसक्रिम, बदामसेक जस्ता पेय पदार्थ र खबरबुझा, तरबुझा, काँक्राको बजार बढेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com