श्रीमान विदेश गएका बेला ५ वर्षसम्म बन्धक बनाएर बलात्कार


प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार

विराटनगर रानीकी ३६ वर्षीया महिलाको जीवनमा भएको घटना कहालीलाग्दो छ। उनको विवाह २०५७ सालमा सर्लाहीको मलंगवामा भएको थियो। विवाहको २ वर्षपछि २०५९ सालमा काखे छोरा र उनलाई छाडेर श्रीमान् विदशे गए।

श्रीमान् विदेश रहेकै बेला छिमेकी सुरेन्द्र महतोले घरमै आएर जबर्जस्ती गरे। आफ्नै घरमा लगेर ५ वर्षसम्म बन्दी बनाएर राखे। बन्दी अवस्थामै उनले छोरासमेत जन्माइन्। २०६१ सालमा जन्मिएका छोरा १४ वर्षको भइसकेको छ तर जन्मदर्तासमेत हुन सकेको छैन।

मलंगवाका धनाढ्य परिवारका छोरा सुरेन्द्रले श्रीमती हुँदाहुँदै उनलाई घरमा बन्दी बनाएर राखेको उनले बताइन्। राजनीतिक आड पाएका सुरेन्द्रसँग गाउँका मान्छेसमेत डराउने गरेकाले आफूलाई कसैले सहयोग नगरेको उनले बताइन्। झुक्याएर श्रीमान्सँग समेत सम्बन्धविच्छेद गराइदिएको उनले बताइन्।

सुरेन्द्रले आफ्नो जीवन बर्बाद पार्दा पनि सर्लाहीको प्रहरी प्रशासन र सरोकारवाला निकाय मौन बसेको उनले बताइन्। माइतीमा बस्दै आएकी उनले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले विराटनगरमा आयोजना गरेको महिला हिंसा न्यूनीकरण, मानव अधिकार संरक्षण एव नेपाल प्रहरीको जवाफदेहितासम्बन्धी कार्यक्रममा आफ्ना पीडा सुनाएकी हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com