पटक-पटक आतंककारी बन्नु पर्दाको पीडा


प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार

LOS ANGELES, CA – SEPTEMBER 17: Actor Riz Ahmed poses in the press room at the 69th annual Primetime Emmy Awards at Microsoft Theater on September 17, 2017 in Los Angeles, California. (Photo by Jason LaVeris/FilmMagic)

अभिनयको सिलसिलामा धेरै यात्रा गरेँ मैले । विमानस्थल पानी–पँधेरो हुँदै गयो बिस्तारै । तर, कालान्तरको परिणाम भने सुखद रहेन । म अभिनय गर्ने मान्छे ।

पाकिस्तानि मूलका परिवारको सांस्कृतिक अपेक्षा वा दिग्भ्रमित एसियाली आप्रवासी जिन्दगी वा निजी विद्यालयको तनाव– किशोर वेलादेखि नै यस्ता नानाभाँती परिवेशमा हुर्किएँ । आम रूपमा एसियालीलाई हेर्ने साँघुरो सोचले होला, युरोपेली समाजमा मलाई धेरै अप्ठ्यारो महसुस हुन थाल्यो । फैलँदै गरेको मेरो बहुआयामिक चिनारी नै संकटमा परेजस्तो लाग्न थाल्यो ।

सन् १९८० ताकाको एउटा घटना सम्झन्छु । सानै थिएँ । एकदिन दाइसँगै घर फर्कँदै थिएँ । घरनजिकै पुग्न लागेथ्यौँ हामी, एक्कासि एकजना गोराले हाम्रो बाटो छेक्यो । ऊ थियो खुंखार रंगभेदी ।

उसले दाइको गर्धनमा चक्कु तेस्र्यायो, हामी कालोनीलो भयौँ । एक दशकपछि एउटा ‘पाकी’ले उसैगरी मेरो गर्धनमा चक्कु तेस्र्यायो । ‘पाकी’ सन् ९० तिरको चल्तीको शब्द हो– फूर्तिफार्ती र हुलदंगा गर्ने एसियाली मूलका बेलायती युवा र अपराधी समूहलाई लक्षित गरी प्रयोगमा ल्याइएको ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म नराम्ररी फसेकोचाहिँ बेलायतकै लुटन विमानस्थलमा हो । मेरो हातमा हतकडी थियो, पाखुरा टनटन दुख्दै थियो । बेलायती गुप्तचर अधिकारीले मलाई नियन्त्रणमा लिइसकेका थिए । ‘नाइन इलेभन’पछिको समय थियो । मलाई मुसलमान भएको कारण समातिएको रहेछ । यो अनुभूति नयाँ पत्रिकामा रिज अहमदले लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com