युनाइटेड किराँत राई अर्गनाइजेशन डिएमभीपीको साकेला सम्पन्न


प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार

युनाईटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाको डिएमभिपी च्याप्टरले मेरिल्याण्डमा भव्यरुपमा साकेला मनाएको छ ।
डिएमभीपी च्याप्टरका सभापति प्रकाश राईको सभापतित्वमा सम्पन्न साकेला कार्यक्रममा सभापति राईले राईहरुको संस्कार र संस्कृतिको संरक्षण गर्नु मात्र नभएर राईहरुमाथि परि आएको समस्यामा एकजुट हुनुपर्ने संस्कारको पनि विकास गर्न आजको आवस्यकता रहेको बताएका थिए ।

अर्गनाईजेशनका केन्द्रीय अध्यक्ष विष्णु राईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा अध्यक्ष राईले अमेरिकामा रहेका राईहरु मात्र नभएर संसारभर छरिएर रहेका राईहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताउँदै १ नम्बर प्रदेशको नाम किराँत प्रदेश हुनुपर्ने माग समेत राखेका थिए ।

त्यस्तै संस्थाका पूर्वअध्यक्ष, सल्लाहकार तथा जनजाति महासंघका बर्तमान सल्लाहकार तथा एनआरएनए अमेरिकाका पूर्वउपाध्यक्ष मिलन राईले संस्थाको बारेमा सबैलाई जानकारी दिएका थिए भने संस्थाका केन्द्रीय सल्लाहकार तथा २०१९ का साकेला कार्यक्रमका प्रमुख संयोजक प्रभाकर राईले अमेरिकामा हुँदै गरेको युनाईटेड किराँत राई अर्गनाइजेशन डिएमभीपीमा मई ५– २०१९ र मई १८–१९ मा सेन्ट्रल साकेला र महाधिबेशन हुने जानकारी गराएका थिए । उनले जुन १ मा क्यालिफोर्निया च्याप्टरमा र जुन १५ मा न्युईङ्गल्याण्ड च्याप्टरमा हुने जानकारी दिदैं आउने २०१९ को केन्द्रीय साकेला र महाधिबेशनको लागि तयार हुन अनुरोध समेत गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै संस्थाको केन्द्रीय उपसभापति मुना राईले राईहरुको संस्कार, संस्कृति संरक्षण गर्नु मात्र नभएर सबै विषयमा एकजुट हुनुपर्ने बताएकी थिइन् । सोहि अबसरमा नेपालबाट आएका डा. राजकुमार राईको विशेष आतिथ्यता रहेको थियो । विशेष अतिथि राईले विदेशमा बस्ने राईहरुले आफ्नो संस्कार र संस्कृतिको संरक्षण गर्नुका साथै देशमा रहेका राईहरुको लागि पनि ऐक्यबद्ध हुनुका साथै भावि सन्ततिलाई पनि बाटो देखाउनु पर्ने बताए ।

त्यस्तै न्युईङ्गल्याण्ड च्याप्टरका सभापति मुक्ति राईले न्यु ईङ्गलैण्डमा जुन १५ मा आयोजित साकेला कार्यक्रमका बारेमा जानकारी दिदैं युकेराओ संस्थाले राईको लागि मात्र नभएर सबैको हितमा काम गरेको बताए । साथै न्युइङ्गलैण्ड च्याप्टरले वर्षैपिच्छे रक्तदान कार्यक्रम लगायत अन्य विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको बताए ।

त्यस्तै न्युयोर्क च्याप्टरका अध्यक्ष केशवराम राईले देश विदेशमा छरिएर बसेका सबै राईहरुको एउटै छाता संगठन बनाउनका लागि सबैले पहल गर्नुपर्ने बताएका थिए । सोहि अवसरमा जनमन्च अमेरिकाका केन्द्रीय सदस्य अग्नि राईले राईहरुको संस्था राईहरुको मात्र नभएर परेको बखतमा अन्य समाज समुदायका लागि पनि सहयोगी हात अगाडि बढाउने बताए ।

कार्यक्रममा भुटनिज राईका नेता सुक बहादुर राईको पनि उपस्थिति रहेको थियो ।

डिएमभीपी च्याप्टरका उपसभापति समिता राईले स्वागत मन्तव्य दिदैं आउने मई १८ र १९ को केन्द्रीय साकेलामा सहभागी हुन डिएमभीपी च्याप्टरका सबै सदस्यलाई अनुरोध गरेकी थिइन् । डिएमभीपी च्याप्टरका महासचिव हर्क राईले कार्यक्रम संचालन गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com