अष्ट्रेलियाको एयरपोर्टमा चेक हुन्छ मोबाइल र ल्यापटपको फोटो तथा भिडियो, हुनसक्छ भिसा रद्द
प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार
मोबाइल तथा ल्यापटपमा राखिएका फोटो तथा भिडियोहरुलाई हामीले व्यक्तिगत कुराको रुपमा लिन्छौं । तर अष्ट्रेलियाको एयरपोर्टमा मोबाइल र ल्यापटपका सबै भिडियोहरु देखाउनुपर्ने हुन्छ ।
एयरपोर्टका अधिकारिहरुसंग अष्ट्रेलिया प्रवेश गर्ने व्यक्तिको मोबाइल र ल्यापटप चेक गर्ने अधिकार हुन्छ । उनीहरुले मोबाइल र ल्यापटपमा भएका सबै फोटो तथा भिडियोको जांच गर्न मागेमा यात्रुले अस्विकार गर्न पाउँदैनन् ।
अष्ट्रेलिया प्रवेश गर्ने व्यक्तिले अश्लिल तथा बाल शोषण सम्बन्धि फोटा तथा भिडियोहरु ल्याउन पाउँदैनन् । पछिल्लो समय एक भारतीय व्यक्तिले बच्चालाई पिटेको भिडियो मोबाइलमा राखेका कारण उनलाई एयरपोर्टबाट फिर्ता पठाइएको थियो । अष्ट्रेलियामा बालबालिकामाथि हातपात, उनीहरुको श्रम शोषण, बाल अधिकार हनन, यौन शोषणलाई गम्भीर अपराध मानिन्छ ।






