२ करोड ११ लाख अमेरिकी पासपोर्ट जारी


प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार

अमेरिकी सरकारले एकबर्षमा २ करोड ११ लाख भन्दा धेरै पासपोर्ट जारी गरेको छ । अमेरिकी सरकारको तथ्यांक अनुशार आर्थिक बर्ष सन् २०१८ मा २ करोड ११ लाख ३ हजार ४ सय ७५ वटा पासपोर्ट जारी गरिएको छ । जसमध्ये झण्डै २८ लाख पासपोर्ट कार्ड समेत छन् ।

अमेरिकी पासपोर्ट प्राप्त गर्नेमा नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

अहिलेसम्मकै तथ्यांक अनुशारभने सबैभन्दा धेरै अमेरिकी पासपोर्ट सन् २०१७ मा जारी गरिएको थियो । उक्त बर्ष २ करोड १३ लाख ७८ हजार ९९४ पासपोर्ट जारी गरिएको थियो ।

अहिले सकृय अमेरिकी पासपोर्टको संख्या भने १३ करोड ७५ लाख ८८ हजार ६ सय ३१ रहेको छ । आर्थिक बर्ष २०१८ मा मात्रै अमेरिकी पासपोर्टका लागि १ करोड ९१ लाख आवेदनहरु परेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com