यो वर्षको मिस नेपाल आज छानिँदै,२५ सुन्दरी प्रतिस्पर्धामा


प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार

यो वर्षको मिस नेपाल आज विहीवार छानिँदै छिन्। मिस नेपालको उपाधिका लागि २५ सुन्दरी प्रतिस्पर्धामा छन्। चैत १० गते काठमाडौंमा सम्पन्न फाइनल अडिसनबाट मिस नेपालको २५ औं संस्करणका लागि २५ फाइनलिस्ट चुनिएको थियो ।

यो उपाधि यात्रामा रहेका २५ जना युवतीमा काठमाडौंकी २२ वर्षीया निशा पाठक, पोखराकी २३ वर्षीया एलिशा जोशी, काठमाडौंकी २३ वर्षीया सोफिया भुजेल, काठमाडौंकी २३ वर्षीया रिया बस्नेत, भैरहवाकी २३ वर्षीया संस्कृति घिमिरे, काठमाडौंकी २३ वर्षीया अनुष्का श्रेष्ठ, काठमाडौंकी २४ वर्षीया जेनी महर्जन, ललितपुरकी २२ वर्षीया अश्मिता महर्जन, काठमाडौंकी २२ वर्षीया किरण थापा, काठमाडौंकी २३ वर्षीया प्रदिप्ता अधिकारी, ललितपुरकी २१ वर्षीया नितिका सराह कर्माचार्य, काठमाडौंकी २१ वर्षीया रोज लामा, पोखराकी २३ वर्षीया सारा बजिमय, ललितपुरकी २३ वर्षीया लक्ष्मी राउत, काठमाडौंकी २२ वर्षीया रक्षा उप्रेती, भक्तपुरकी २३ वर्षीया मीरा कक्षपति, मोरङकी २३ वर्षीया जेनिशा थपलिया, झापाकी २२ वर्षीया पूजा श्रेष्ठ, चीतवनकी २० वर्षीया विपना सुवेदी, ललितपुरी २० वर्षीया शुभेच्छा अधिकारी, झापाकी २४ वर्षीया प्रकृति कट्वाल, काठमाडौंकी २४ वर्षीया न्यान्सी बोगटी, भैरहवाकी २१ वर्षीया शिवानी घिमिरे, काठमाडौंकी २२ वर्षीया सान्त्वना मालाकार तथा काठमाडौंकी २३ वर्षीया प्रथा अधिकारी छन् । यीमध्ये मिस नेपाल ओसिनिया–२०१८ अनुष्का श्रेष्ठ, मिस पूर्वाञ्चल–२०१८ पूजा श्रेष्ठ, मिस पोखरा–२०१८ सारा बजिमय तथा मिस पश्चिमाञ्चलका रुपमा शिवानी घिमिरे रहेका छन् ।

यी युवतीहरूमध्ये आगामी मे ९ तारिख अर्थात् वैशाख २६ गते बिहीबार हुने सिल्भर जुब्ली संस्करणका रूपमा सञ्चालन हुने मिस नेपालको ग्रान्ड फिनालेबाट मिस नेपाल–२०१८ श्रृङ्खला खतिवडाको उत्तराधिकारी चयन हुनेछ ।

मिस नेपालले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन्। फर्स्ट रनर अपले मिस अर्थमा र सेकेन्ड रनरअपले मिस इन्टरनेसनमा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने चौथोमा रहनेले मिस एसिया प्यासेफिक इन्टरनेसनलमा सहभागिता जनाउने छिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com