संघीय सरकारको कार्यशैलीप्रति उपत्यकाका १८ नगरपालिकाको आपत्ति


प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार

उपत्यकाका तीन जिल्लाका १८ नगरपालिकाहरुले संघको कार्यशैलीप्रति आपत्ति जनाँउदै सरकारसमक्ष विभिन्न माग प्रस्तुत गरेका छन् ।

ललितपुरको झम्सिखेलमा बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण नगरपालिकाहरुको छाता संगठन उपत्यका नगरपालिका फोरमको चौथो विस्तारित बैठकले सरकारले कर्मचारी समायोजन र व्यवस्थापनका नाममा आफूखुसी कर्मचारी खटाएको, शिक्षा क्षेत्रमा नगरपालिकाको अधिकार क्षेत्रमाथि संघले हस्तक्षेप गरेको, सरकारले मयादाक्रम निर्धारणका क्रममा स्थानिय सरकारका जनप्रतिनिधिहरुको उच्च सम्मान हुनेगरी मर्यादाक्रम निर्धारण गर्न नसकेको भन्दै नगरपालिकाहरुले असन्तुष्टि रहेको जनाँएको छ ।

बैठकमा राखिएको ‘आधारभूत तथा माध्यमिक शिक्षा व्यवस्थापन’ सम्बन्धि प्रस्ताबमाथि छलफल गर्दै एकाइका निर्णय अस्वीकार गर्ने र सो एकाईलाई यथाशिघ्र खारेजीको माग गर्ने निर्णय गरेको छ ।

निर्णयमा भनिएको छ, ‘नेपालको संविधानको अनुसूची–८ मा आधारभूत र माध्यमिक तहसम्म शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई एकल अधिकारका रुपमा दिएको छ । तर, संघले ‘सिप विकास तथा समन्वय ईकाई गठन गरी हसतक्षेप गरेको छ । यो संवैधानिक तथा कानूनी व्यवस्थाको विपरीत हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकपछि पत्रकार सम्मेलनमा फोरमका सचिव तथा मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले निर्णयबारे जानकारी गराएका थिए । बैठकले स्थानीय सरकारको काम, कर्तव्य र अधिकारमा पटक—पटक हस्तक्षेप गरेको भन्दै ‘काठमाडौं उपत्यका बिकास प्राधिकरण’ खारेज गर्नु पर्ने माग समेत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com