जम्बो टोली लिएर प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया जानुहुँदै


प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार

 प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) दक्षिणपूर्वी एशियाका दुई देशको औपचारिक भ्रमणमा जाँदैहुनुहुन्छ । परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्ने उदेश्यले दक्षिणपूर्वी एशियाली दुई मुलुक भियतनाम र कम्बोडियाको  भ्रमणमा जान लाग्नु भएकाे हाे।

परराष्ट्र अधिकारीका अनुसार आज अपरान्ह ३ बजे नेपाल वायुसेवाको चार्टड सेवाबाट हनोइतर्फ उड्नु हुनेछन् । प्रधानमन्त्री ओली सुरुवातको चारदिन भियतनाम र त्यसपछिका ३ दिन कम्बोडियामा रहनेछन् । वैशाख २६ देखि जेठ १ गतेसम्म प्रधानमन्त्रीको भियतनाम र कम्बोडियामै रहनुहुने प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयाे ।

प्रधानमन्त्री ओलीको भ्रमणले भियतनाम र कम्बोडियासँग द्विपक्षीय सम्भावनाको खोजी गर्नमा केन्द्रित हुने बताइएकाे छ । दक्षिण पूर्वी एसियाको उदाउँदो राष्ट्र भियतनामको भ्रमणबाट नेपालले लाभ लिन सक्ने डा. भट्टराईले उल्लेख गर्नुभएकाे छ ।

नेपाल र भियतनामबीच द्विपक्षीय व्यापारका बारेमा पनि कुराकानी हुने जानकारी दिँदै उहाँले दुई मुलुकबीच सांस्कृतिक आदान–प्रदान हुने बताउनुभयाे । डा. भट्टराईले बहुसङ्ख्यक भियतनामी जनता बुद्ध धर्म मान्ने भएकाले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भियतनामी बौद्ध धर्मावलम्बी पर्यटक भित्र्याउन प्रधानमन्त्रीको भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयाे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भियतनाममा यही वैशाख २९ गते वैशाख दिवस मनाउने उक्त दिन अन्तर्राष्ट्रिय सम्मेलनको समेत आयोजना गरिएकाले त्यसमा नेपालका प्रधानमन्त्री ओलीले मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिनुभयाे ।

उक्त सम्मेलनमा भारतीय उपराष्ट्रपति तथा मलेसियाका प्रधानमन्त्रीलगायत विभिन्न देशका उच्चपदस्थ व्यक्ति आउने कार्यक्रम छ । कम्बोडियाका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ जान लागेको पनि उहाँले बताउनुभयाे ।

पूर्वराजदूत डा. शम्भुराम सिम्खडाले प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण ती मुलुकबीच संस्कृति तथा कूटनीतिक विस्तार गर्न अर्थपूर्ण रहेको बताउनुभयाे । सिम्खडाले भियतनाम र कम्बोडिया दुवै उच्चस्तरको आर्थिक वृद्धि दर हासिल गरेका मुलुक भएकाले नेपालले ती मुलुकबाट लाभ लिनुपर्ने बताउनुभयाे ।

बुद्धजयन्तीका अवसर पारेर भियतनाममा हुने वैशाख सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता हुने र उहाँको सम्बोधन गर्ने कुरा राम्रो पक्ष भएको समेत बताउनुभयाे ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले दुवै देशसँग नेपालको ऐतिहासिक तथा पुरानो सम्बन्ध भएकाले प्रधानमन्त्री ओलीको भ्रमण फलदायी हुने विश्वास लिइएकाे छ । सम्मेलनमा विभिन्न देशका उच्चपदस्थ व्यक्तिलगायत तथा नेपालसहित विश्वका विभिन्न मुलुकका बौद्ध भिक्षुहरु ठूलो सङ्ख्यामा आउने कार्यक्रम छ । सन् १९७५ मा नेपाल र कम्बोडियाबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । असंलग्न मुलुक कम्बोडिया नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक हो ।

भियतनाम महायान् बौद्धधर्मका अनुयायीहरुको तथा कम्बोडिया थेरवाद बुद्धधर्मका अनुयायीको बाहुल्य भएका मुलुक हुन् । भियतनाम होचिमिन्हको पालादेखि नै नेपाली जनताको सम्बन्ध भएको मुलुक हो । भियतनाम तथा कम्बोडियाको लामो सङ्घर्षको इतिहास जोडिएको छ । संयुक्त राष्ट्र सङ्घले वैशाख दिवस मनाउने घोषणा गरेअनुरुप भियतनाममा यस वर्ष वैशाख डे सम्मेलन हुन लागेको हो ।

प्रधानमन्त्री ओलीसँगै अरू काे काे जँदैछन् ?

प्रधानमन्त्री ओलीसहित मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल लिएर दक्षिणपूर्वी एशियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा बिहीबार निस्कँदै छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी दाहाल, चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई छन्।

यसैगरी, सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ, निजी चिकित्सक डा.दिव्यासिंह शाह, निजी सहयोगी राजेश बज्राचार्य तथा कपिलवस्तु नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी र बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल समेत भ्रमण दलमा छन्।

प्रधानमन्त्री ओलीका निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत तथा परराष्ट्रबाट सह-सचिव तापस अधिकारी, इन्दिरा अर्याल, सुरेन्द्रकुमार यादव, रामबोल आचार्यसहित भ्रमण टोलीमा छन्। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल समेत जाँदैछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com