प्रेम विवाह गर्न खोज्दा बुबा र दाइले जिउँदै जलाए !


प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार

भारतको मध्य प्रदेशको खन्डवा जिल्लाकाे खालवा तहसीलको ग्राम चैनपुरमा एक युवतीलाई उनका पीता र दाइले मट्टितेल हालेर जिउँदै जलाएका छन् । इज्जतको लागि भन्दै उनीहरुले प्रमे विवाह गर्न गएकी युवतिको हत्या गरेका हुन् ।

१९ वर्षीया युवति लक्ष्मी बाईआफ्ना प्रेमी राजकुमार लौवंशीका घरमा गएकी थिइन् । त्यहाँबाट उनका बुबाले उनलाई घिर्सादै घर ल्याएका थिए । प्रहरीका अनुसार त्यसपछि उनका पीता सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टितेल हालेर उनलाई जलाएका हुन् । सोही क्रममा उनले ज्यान गुमाएको हो । जलाउने बुबा र दाइलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् । जानकारी अनुसार ती विगत १० महिनादेखि दुवै युवा-युवति शुक्रबार कार्ट म्यारेज गर्ने तयारीमा थिए । तर केही गाँउलेहरु र उनको परिवारले भने उनी आफैले आत्महत्या गरेको दाबी गरिरहेका छन् । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com