झापाकी अपाङ्ग तथा सुत्केरी महिला देवी मेचेलाई घर उपहार
प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार
अझ पनि समाजमा मानवता जिउँदै छ!
कात्तिक १३, २०७५मा झापा मेचीनगरकी देवी मेचे हप्ता दिनकी सुत्केरी हुँदै गर्दा बिधुवा भईन । देवी बाह्र बर्ष अगाडि अर्काको घरमा काम गर्दा बिजुलिको करेन्टले दाहिने हात चुढिएर अपाङ्ग बनेकी थीइन ।
गरीबिको कारणले देवीले महिनौ देखी घरभाडा तिर्न सकेकी थीईनन । मजदुर श्रीमान कृष्ण घिमिरेको निधनले देवी माथि ठुलो बज्रपात पर्यो । केही नहुनेको दैव हुन्छ भनेझै स्थानियवासी ति देवीलाई सहयोग गर्न तम्सिय ।
विश्वप्रकाश शर्माले मिलनचोकमा सात धुर जग्गा किनिदिए । बिजय डालमियाको सम्योजकत्वमा घर निर्माण समिते बन्यो । अमेरिकाबाट अर्जुन मैनालीले साथीहरुबाट एक लाख बाउन्न हजार सहयोग जुटाइ पठाए । छ लाख पच्चिस हजार रुपैयाको लागतमा जस्ताको छानो सहितको पक्की घर बैशाक ९, २०७६मा एक भब्य कार्यक्रमका बिच देवी मेचेलाई हस्तान्तरण गरियो ।

देवी मेचेले तीन बर्षकी ठुलि छोरी र काखमा हुर्किदै गरेकी सानी छोरीलाई लिएर आसुँ झार्दै आफ्ना लागि बनाइ दिएको घरमा प्रबेश गरेकी थीइन । नव निर्मित घरमा भान्छाका सबै सामान, काठको पलङ, भाडाकुडा, सौर्य उपकरण, बिजुली पंखा, सिसाको झ्याल, सिमेन्टको भुइँ, टायल बिछ्याइएको शौचालय, धारा लगाएतको ब्यबस्था छ् ।
जग्गादाताले देवी मेचेको घर, घरमात्र नभएर मन्दिर बनेजस्तो अनुभुती भएको बताए । मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले सहयोगिहरुलाई धन्यवाद भन्दै स्थानिय सरकारले गर्न नसकेको काम स्थानियवासिहरुले आँफैले गरेकोमा खुशी ब्यक्त गरे ।





