‘आँकुरापुञ्ज’ कविता-संग्रह विमाेचित


प्रकाशित मिति : बैशाख ८, २०७६ आईतबार

आचार्य  पीपलमणि सिग्देलद्वारा लिखित ‘आँकुरापुञ्ज’ कविता संग्रहको विमोचन लंग आइल्यान्ड नेपाली समाजको आयोजनामा न्यूयोर्कको हिक्सभिलमा शनिबार सम्पन्न भयो ।

प्रमुख अतिथि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीले यो कृति नेपाली साहित्यको नौलो आयाम लिएर आएको बताउनुभयो ।विमोचन गर्दै उहाँले साहित्यको एेतिहासिक विकास र समीक्षा तथा कविता भागलाई अलग-अलग खण्डमा प्रकाशन गर्न उपयुक्त हुने बताउनुभयो ।

विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी बोर्ड अफ ट्रष्टी गीता खत्रीले यो कृतिभित्र नेपाली गद्य कविताका प्रतिनिधि कविता समेटिएकाले पाठकलाई निकै उपयोगी हुने बताउनुभयो ।

अतिथिको आसनबाट बोल्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीलेकृतिलाई अंग्रेजी भषामा अनुवाद गर्न आफूले पनि सहयोग गर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सभामा जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वांगले १५ वर्ष पहिले गणतान्त्रिक आन्दोलनमा ुनिरन्तर शनिबारु कार्यक्रममार्फत् कवि सिग्देलसँगै कविताबाट नै विद्रोहको शंखघोष गरिएको स्मरणगर्नुभयो ।

कृतिको समीक्षा गर्दै डा.हरि दाहालले कृतिको भूमिका खण्डमा कवितात्मक रुपमा सिग्देल वंशावली पस्किएकाले पूर्खाको सम्मान गर्ने नयाँ प्रयोग गरिएको बताउनुभयो । कृतिका लेखक पीपलमणि सिग्देलले सबैलाई धन्यवाद दिंदै भविष्यमा थप उर्जाका साथ साहित्य सिर्जनामालाग्ने अठोट व्यक्त गर्नुभयो ।

सभामा जयतु संस्कृतम् अमेरिका शाखाका महासचिव श्रीहरि कँडेल, एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरका सभापति रामहरि अधिकारी, उपसभापति विष्णु राना, महासचिव महेश खड्का, जनसम्पर्क समिति अमेरिका लंग आईल्यान्ड च्याप्टरका अध्यक्षविश्वराज वास्तोला, उपाध्यक्ष विनोद थापा, जनसम्पर्क समिति अमेरिका न्यूयोर्क च्याप्टरका महासचिव महेश मल्ल, उपाध्यक्ष अमर तामांग, रिजउड नेपाली समाजका महासचिव दीपकराज काफ्ले, धादिंग समाजका अध्यक्ष दिवाकर पाण्डे,  समाजसेवी यम अधिकारी, एनआरएनएअमेरिकाका पूर्व बोर्ड अफ डाइरेक्टर हरिश्चन्द्र हमाल, क्वीन्स कम्युनिटी ५ का बार्ड मेम्बर ज्ञानल थापा, नेवि संघका पूर्व केन्द्रीय सदस्य अन्जन चौंलागाईं, साहित्यकार विजया सिंखडा, अच्युत सिग्देल, पत्रकार बद्री गौतम,  लंगआईल्यान्ड नेपाली समाजकी उपाध्यक्ष कल्पना थापालगायतका वक्ताहरुले नेपाली साहित्यको विविध आयामको चर्चाका साथ लेखकलाई शुभकामना दिंदै निरन्तर लेखन कार्यमा लाग्न सल्लाह समेत दिनुभएको थियो ।

प्रमुख अतिथि, विशेष अतिथिका साथै लेखकका पिता डिल्लीराम सिग्देलले पनि संयुक्तरुपमा कृति विमोचन गर्नुभएको थियो ।

आचार्य श्रीहरि कँडेलद्वारा स्वस्तिवाचन, दीप प्रज्वलन, तथा स्मृति, रिया, गीता, कविता एवं ज्योतिद्वारा राष्ट्रिय गानका साथ प्रारम्भ भएको कार्यक्रममा आशामाईमन्दिरका अध्यक्ष सेनापति लुण्डले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लंगआईल्यान्ड नेपाली समाजका अध्यक्ष टीका ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव राजन गौलीले संचालन गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com