सयुक्त राष्ट्रसंघमा नेपाली चेली जोली अमात्यको दमदार सम्बोधन ( भिडियो सहित )


प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार

– विजय थापा 

न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा सम्बोधन गरेकी छिन् ।

अमात्यले अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ) स्थापना भएको एक सय बर्ष पुगेको अवसरमा ‘भविष्यको कार्य’ नारा रहेको उक्त अधिवेसनमा सम्बोधन गरेकी हुन् ।

उनले गत अप्रिल १० -११ मा न्यू योर्कमा सम्पन्न उक्त उच्च स्तरीय बैठकमा सबै नेपालीको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने सुवर्ण अवसर पाएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा उच्च स्तरीय राजनैतिक व्यक्तित्व, विभिन्न राष्ट्रका राष्ट्र प्रमुखहरु ,मन्त्रीहरु,सयुक्त राष्ट्र संघ सदस्य राज्य,सयुक्त राष्ट्र संघका स्थायी पर्यवेक्षक,कर्मचारी श्रमजीवी संगठन,कर्मचारी संगठन ,यूवा प्रतिनिधिहरु,शिक्षा या शोध क्षेत्र तथा नागरिक समाजका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

जोली हाल सयुक्त राष्ट्र संघ को मेजर ग्रुप फर चिल्ड्रेन एण्ड युथ को सचिवालयमा कार्यरत छिन् । उक्त संस्था १९९२ मा स्थापना भएको हो । जोली अमात्य उक्त ७३ औ अधिवेसनको साधारण सभाको उद्घाटन कार्यक्रमको एक खण्डमा उनले सम्बोधन गरेकी हुन् ।

जोलीले अन्तर्राष्ट्रिय श्रम संगठनको एक सयौ बार्षिक सम्मेलनमा सामूहिक कार्यवाही बिश्वब्यापकता तथा समानताको आधारमा हुनु पर्ने माँग राखिन ।

उनले सम्बोधन कै क्रममा युवाहरुलाई यो थाहा छ किन हरेक बर्ष १.७ खर्ब डलर सेनामा खर्च गरिन्छ ।  किनकि आर्थिक नमुनाहरूले युद्धका उपकरणहरू र कल्याणका बीचमा मतभेदहरू बताउन सक्दैनन् ।

यसबाहेक, अत्यधिक आर्थिक विकासको अतिरिक्त मजदूरीलाई स्थिर बनाइयो ,जोलीले भनिन । उनले जोड दिदै अनियन्त्रित वृद्धिको अस्तित्व खतरामा रहेको सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा जनाइन ।

अमात्यले ७३ औ अधिवेसनकि अध्यक्ष मारिया फरनान्डा एसपीनोसा गर्सेस ,सयुक्त राष्ट्र संघका महा सचिव एन्टोनीयो गुटेरस ,अन्तरराष्ट्रिय श्रम संगठनका निर्देशक गाई राइडर लगायत विशिष्ट व्यक्तित्वहरुका बीच उनले सम्बोधन गरेकी हुन् । उनले सम्बोधनको क्रम आफू नेपालबाट हु भन्दै परिचय दिएकी थिइन् । राष्ट्र संघ जस्तो गरिमामय संस्थामा यसरी नेपाली मूलका यूवाहरुको तर्फबाट जोली अमात्यले सम्बोधन गर्ने मौका पाउनु सबै नेपालीहरुले गौरवको बिषय हो ।

राष्ट्र संघको इतिहासमै अमात्य युवा सम्मेलनकि युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल भएकी थिइन् ।  दुई बर्ष अगाडी जोलीले विश्व भरका तमाम यूवा वर्गको प्रतिनिधित्व गर्दै दोश्रो पटक पुन :उनले राष्ट्रसंघ हिउँदे यूवा सम्मेलनलाई सम्बोधन गरेकी थिइन् ।

बालबालिका र युवाहरूको संयुक्त राष्ट्र मुख्य समुह (यूएन एमजीसीवाई) र संयुक्त राष्ट्र अन्तर सञ्जाल युवा विकास ,लिङ्ग समानताका कार्यकारी समूहको सक्रिय सदस्य पनि छिन । उनि थुप्रै अन्तरराष्ट्रिय संघ/संस्था तथा सयुक्त राष्ट्र संघ संग आबद्ध छिन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com