कोलोराडोमा नेपाल डे परेड, नेपाली झण्डा र पोशाकका साथ नेपालीहरुको सहभागिता


प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार

कोलोराडो राज्यको बोल्डरमा आइतबार “नेपाल डे परेड २०७६” सम्पन्न भएको छ ।  रक्की माउण्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा परेड सम्पन्न भएको हो । हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा प्रमुख अतिथि महावाणिज्यदूत प्रेम राजा महतको उपस्थिति रहेको थियो । आ-आफ्नो संस्थाको ब्यानरमा स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, पत्रकार, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरूले नेपाल र अमेरिकाको झन्डा र प्लेकार्ड ब्यानर बोकी नेपाली सङ्गीतमा गीत गाउँदै हर्सोउल्लास तथा मनोरञ्जनका साथ नगर परिक्रमा गरे  । बोल्डर सहरको ब्यान्डसेलबाट सुरु भएको परेडमा सहभागीहरू नेपाली पोशाक र जातीय भेष भूषा संस्कृति झल्कने पहिरहन लगाएर पनि आएका थिए ।

प्रमुख अतिथि महतले नेपाल र नेपालीको शिर उच्चा पार्ने यस्तो महत्त्वपूर्ण तथा सुन्दर कार्यक्रममा सहभागी हुनपाएकोमा आफू धेरै हर्षित भएको बताए  । उनले आगामी वर्ष देखि दुई दिने कार्यक्रम नराखी नेपाली साङ्गीतिक कार्यक्रम, नेपाली संस्कृति झल्कने सामग्रीका स्टलहरू सबै एकैठाउमा राखी एकै दिन नेपाल डे मनाउन सुझाव दिए  ।

त्यसै गरी विशेष अतिथि बोल्डर नगरकी मेयर सुजन जोन्सले नेपालीहरूको नयाँ वर्षको यस्तो भव्य र सुन्दर कार्यक्रममा सहभागी हुन पाउँदा ज्यादै गौरवको अनुभूति भएको भन्दै उनले सबैलाई नेपाली नयाँ वर्षको शुभकामना दिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोजक संस्थाका अध्यक्ष विनोद त्रिपाठीले नेपाल र नेपालीको पहिचान दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै, प्रमुख अतिथि महावाणिज्य दूत प्रेम राजा महतको प्रस्तावलाई कार्यसमितिमा राखी पास गराउने प्रतिबद्धता जनाए ।

त्यसै गरी कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरूमा पर्यटन दूत साबु गदाल, ग्लोबल भुटनिज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, एनआरएन कोलोराडो च्याप्टरका उपाध्यक्ष कुमारजंग कार्की, अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण मुरारी ढुङ्गेल थिए ।

नगर परिक्रमा पछि प्रमुख अतिथि प्रेमराजा महतले “जुनदेशमा गए पनि हामी नेपाली जुन देशमा रहे पनि हामी नेपाली” भन्ने देश भक्ति गीत गाएका थिए । त्यस्तै भुटनिज समुदायका भाइबहिनीहरू अल्बिना राई, श्रीजना न्यौपाने, देछेन डुकपा, पवन राई, किरण राई, निमेष सुब्बाले नेपाली चलचित्र “कमलेको बिहेको” टकन टुकन गीतमा सुन्दर नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन विनय दाहालले गरेका थिए ।

कोलोराडो स्थित बोल्डर सिटी एन्ड काउन्टिको कार्यालयले सन् २००४ देखि हरेक वर्ष अप्रिल महिनाको तेस्रो आइतबार नेपालीहरूको नयाँ वर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com