‘घर बनाउँ त पानी छैन, नबनाउँ भने बस्ने ठाउँ छैन’


प्रकाशित मिति : माघ १०, २०७३ सोमबार

काभ्रेको कातिके देउराली–२ पाँडेघरेकी बुद्धमाया परियारको दैनिकी खानेपानीको ब्यवस्थापन गर्दैमा बित्ने गर्छ । गाउँमा सहज रुपमा खानेपानी नपाएपछि उनको दैनिकी पानीको जोहो गर्दैमा वित्ने गरेको हो । उनको काम नै खानेपानी ब्यवस्थापन गर्ने रहेको छ ।

उनी भन्छिन् ‘धारामा आउन १५ मिनेट लाग्छ, तर भाँडो भरेर घर पुग्दा १ घण्टा देखि डेढ घण्टा लाग्छ ।’ सिङ्गो गाउँभरिकै एउटा मात्रै धारा भएकाले स्थानीय समस्यामा परेका हुन् । ‘गाउँभरी एउटा मात्र धारा छ, यसमा कस्ले मात्रै पानी थाप्ने ?’ उनले भनिन् ‘यही कारण घरको एक जनाको काम खानेपानी ओसार्ने मात्रै हुन्छ ।’

पुनर्निर्मामा समस्या
भूकम्पका कारण गाउँमा भएको पुरानो धारोमा पानी सुकेपछि झन् पानीको हाहाकार भएको स्थानीयको भनाई छ । ‘गाउँमा पानी नै छैन, खानेपानी पनि दिनभरी बोकेर पु¥याउनु पर्छ’ परियारले भनिन्, ‘खानेपानीको त यस्तो अवस्था छ भने घर कसरी बनाउने ?’

घर बनाउनका लागि खोलाबाट पानी ओसार्नुको विकल्प नभएको उनी बताउँछिन् ।  खोलाबाट पानी ओसार्न कम्तिमा तीन घण्टा लाग्छ । घरको सवै काम महिलाले गर्नुपर्ने र काम गर्ने मान्छे नभेट्ने भएकाले पनि घर बनाउन समस्या भएको उनको गुनासो छ । बुद्धमाया जस्तै विमला परियारको समस्या पनि उस्तै छ । ‘खानेपानीको अभावका कारण घर बनाउन सक्ने अवस्था छैन’ विमलाले भनिन् ‘जाडो छ, बस्ने घर छैन । घर बनाउन पानी नै छैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खानेपानीको लागि चन्दा संकलन
पानीको अभावका कारण गाउँमा भूकम्पपछिको पुनर्निर्माण गर्न नसकेको स्थानीयबासीको भनाई छ । पानीको समस्यालाई पूर्ति गर्नको लागि अहिले स्थानीय चौरीखोला पाथिभरा लिफ्टिङ्ग तथा खानेपानी सरसफाई उपभोक्ता समिति गठन गरी काम भईरहेको समितिका अध्यक्ष यादवराज गिरीले जानकारी दिए । ‘हामीले प्रति घरधुरी ३ हजार ५ सयका दरले रकम उठाएर काम थालेका छौँ’ गिरीले भने, ‘केही महिनापछि पानीको समस्या थोरै भएपनि सुल्झाउन सकिन्छ भन्नेमा आशावादी छौं ।’

उक्त खानेपानी लिफ्टिङ्ग प्रविधिको लागि सहयोग गरिरहेका जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक रामप्रसाद बरालले भने ‘२ सय घरधुरीका बासिन्दाले एउटा धाराको पानी उपभोग गर्नुपर्दा समस्या भएको छ । अब केही समयपछि त्यो समस्याबाट केही भएपनि मुक्त हुनेछ ।’ राजकुमार गोले/नयाँ पत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com