क्यानडाको टप आप्रवासी सुचीमा नेपाली, २५ भित्र परे अवार्ड


प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार

क्यानडाको टप २५ क्यानेडियन आप्रवासी अवार्डका लागि नेपाली बौद्धिक व्यक्तित्व तुल्सी धरेल नोमिनेशनमा पर्नु भएको छ । प्रस्तावित सयौं नामबाट धरेल ७५ जनाको सुचीमा पर्नुभएको हो । ७५ जनाको सुचीबाट छनौट गरेर २५ जनालाई क्यानेडिन आप्रवासी अवार्ड प्रदान गरिनेछ ।

क्यानडाको सेन्टेनियल कलेजमा मार्केर्टिङ विषयका प्रोफेसर धरेलले सोसल मार्केर्टिङमा विद्यावारिधी गर्नुभएको थियो । झण्डै १९ बर्षदेखि क्यानडामा बस्दै आउनुभएका धरेल त्यहाँका चर्चित सामाजिक व्यक्तित्व समेत हुनुहुन्छ ।

यसअगाडि उहाँले क्यानेडियन मल्टिकल्चरल काउन्सिलबाट आउडस्टाण्डिङ एसियन क्यानेडियन अवार्ड प्राप्त गर्नुभएको थियो । त्यस्तै उहाँले लायन्स क्लब इन्टरनेशनल अमेरिकाबाट इन्टरनेशनल लिओ अफ त इयर अवार्ड प्राप्त गर्नुभएको थियो ।

टोरन्टोको जर्ज ब्राउन कलेज, वाटरलुको विलफ्रेड लाउरियर युनिभर्सिटी, मंगोलियाको मंगोलियन नेशनल युनिभर्सिटी र नेपालको त्रिभुवन युनिभर्सिटीमा प्राध्यापन गर्नुभएका धरेल कन्सर्न नेपाल क्यानडाका संस्थापक सदस्य समेत हुनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भोट हाल्नका लागि तीनजनासम्मको नामका अगाडि टिक लगाउन सकिन्छ । टिक लगाइसकेपछि पेजको तलपट्टी गएर आफ्नो इमेल ठेगाना राख्नुपर्छ । इमेल ठेगानाको तलपट्टी तपाईले न्युजलेटरका लागि साइनअप गर्ने अप्सन दिइएको हुन्छ । यदि तपाई न्युजलेटर चाहनुहुन्छ भने त्यसमा पनि टिक लगाउन सक्नुहुन्छ । त्यो भन्दा तलको भोट नाओमा क्लिक गरेर तपाईले भोट हाल्न सक्नुहुनेछ । त्यसपछि  ‘यु भोटेड’ भन्ने सानो पपअप देख्न सक्नुहुनेछ । आगामी मे १६, २०१९ सम्म मात्र भोट हाल्न सकिनेछ ।

भोट हाल्नका लागि यो लिंकमा क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com