न्युयोर्क राज्यमा अब चालक अनुमतिपत्रको लिखित परिक्षा नेपाली भाषामै


प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार

न्युयोर्कमा चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आवश्यक लर्नर परमिटको लिखित परिक्षा नेपाली भाषामा नै दिन पाइने भएको छ । न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ मोटर भेइकल डीएमभीले आज मंगलबार एक वक्तब्य जारी गर्दै अब नेपाली भाषामा नै चालक अनुमति पत्रका लागि लर्नर परमिट परिक्षा दिन पाइने घोषणा गरेको हो ।

आफ्नै भाषा बोल्ने सेवाग्राहीहरुलाई सुविधा उपलब्ध गराउनका लागि क्लास डी र मोटरसाइकलको लर्नर परमिट जाँच नेपाली भाषामा दिने व्यवस्था गरिएको डीएमभीले जनाएको छ । त्यस्तै बंगाली भाषामा पनि अबदेखि लर्नर परमिटका लागि परिक्षा दिन पाइने भएको छ ।

न्युयोर्क सिटी क्षेत्रमा नेपालीभाषी समुदाय बढ्दो रहेकाले यो व्यवस्था गरिएको डीएमभीले जनाएको छ । डीएमभीका कार्यवाहक कमिश्नर मार्क जेएफले आफूहरुको लक्ष्य सबै सेवाग्राहीलाई समान तरिकाले सेवा गर्ने रहेको र त्यसका लागि भाषा बाधकका रुपमा हुन नहुने बताएका छन् ।

न्युयोर्क राज्यमा हाल लर्नर परमिटका लागि इलेक्ट्रोनिक र कागजी गरी दुबै भाषामा परिक्षा दिन पाउने व्यवस्था रहेको छ । बंगाली र नेपाली भाषाका अलावा अरु १४ वटा भाषामा परिक्षा दिन पाउने व्यवस्था रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गतबर्षको जुनदेखि न्युयोर्क राज्यमा ड्राइभर लाइसेन्स फारम नेपाली भाषामा भर्न पाइने व्यवस्था गरिएको थियो ।  सिकारु अनुमतिपत्र, चालक अनुमतिपत्र र गैरचालक परिचयपत्रका आवेदन फारम नेपालीमा भाषामा उपलब्ध गराउन थालिएको थियो । तर परिक्षा भने नेपाली भाषामा दिने व्यवस्था गरिएको थिएन ।

डीएमभीमा नेपाली भाषाको व्यवस्था गर्न लामो समयदेखि प्रयास भइरहेको थियो । न्युयोर्क डिस्ट्रक्ट ३८ का एसेम्बली मेम्बर माइकल मिलरले त्यसबारेको बिल अल्बानीमा प्रस्तुत गर्नुभएको थियो भने डिस्ट्रिक्ट २२ का काउन्सिलम्यान कोस्टा कोन्स्टान्टिनिडेस लगायत डिस्ट्रिक्ट ३० का एसेम्बली सदस्य ब्रायन बर्नेबेल, डिस्ट्रिक्ट ३७ का एसेम्बली म्यान क्याथरिन नोलनले बिल पारित गराउन सिटी काउन्सिल र गर्भनर कार्यालयमा ठूलो भूमिका खेल्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com