प्रेरणादायी ६७ वर्षिया बृद्ध आमालाई एसईईको परीक्षाको शुभकामना
प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार
एसईईको तयारी गर्दै सुबिधानगर काठमाडौकी ६७ बर्षकी युग माया कार्की आमालाई हार्दिक शुभकामना ! उहाँ हामी सबैको लागि हौसला हो। देख्ने सबैले सेयर गरौँ ।
काठमाडौ । आज देखि नेपालमा एसईई परीक्षा सुरु हुन गइरहेको छ । देशै भरि चार लाख भन्दा धेरै विद्यार्थीहरुको भविष्यसँग जोडिएको यो परीक्षा विशेष हुने धेरैको बुझाई रहेको छ । कतिपयले ग्रेडिङ प्रणाली आएपछि परीक्षामा उचित मुल्याङकन हुन नसकेको भन्दै प्रश्न उठाउँदैं आएका छन् ।
योबीचमा विभिन्न उमेर समुहका व्यक्तिहरुले परीक्षामा भाग लिन गइरहेका छन् । यो भिडमा काठमाडौं सुबिधानगरकी ६७ बर्षकी युग माया कार्कीले पनि परीक्षाको तयारी जोतोडका साथ गर्नुभएको छ ।
उहाँलाई परीक्षामा अवश्य सफल हुन्छु भन्ने आत्मविश्वास रहेको छ । उहाँ लगायत भोलीका दिनमा परिक्षा दिन जाने सबैंलाई हाम्रो हार्दिक बधाई तथा अग्रिम सफलताको शुभकामना व्यक्त गर्न चाहान्छौं ।






