अवैध भारतीय मदिरा नियन्त्रण गर्न माग


प्रकाशित मिति : चैत्र ९, २०७५ शनिबार

इलामको सन्दकपुर गाउँपालिका ५ जमुनाका बासिन्दाले अवैध रुपको भारतीय मदिरा विक्री वितरण रोक्न माग गरेका छन् ।

भारतको सिक्किममा निर्माण हुने यस्तो मदिरा स्वास्थ्यकालागि पनि हानिकारक भएको भन्दै प्रशासनले प्रतिवन्धित गरेको छ । त्यस्तै नेपाल सरकारालाई कुनै पनि राजश्व नबुझाई एकलौटी बजार सिर्जना गरेका यस्ता मदिरालाई नियन्त्रणमा सरोकारवालाले कडा पहल गर्नु पर्ने स्थानीयले माग गरेका छन् ।

सन्दकपुर ५ जमुनाका बासिन्दाले आमभेला गर्दै यस्ता मदिरा नियन्त्रण गर्न माग गरेका छन् । जनप्रतिनिधि सहित, व्यवसायी, समाजिक अगुवा, सञ्चारकर्मी, प्रहरीलगायत ठूलो संख्यामा भेला भएका स्थानीयले सम्वन्धित निकायले कडाई गर्नु पर्ने जनाएका हुन् । त्यस क्षेत्रको पर्यटन विकासकालागि चैत्र २४ देखि ३० गते सम्म आयोजना हुने ढापपोखरी पर्यटन महोत्सवलाई लक्षित गर्दै वैठकले यस्तो मदिराको बेच विखनमा पूर्णरुपमा नियन्त्रण गर्नुे निर्णय गरेका हुन् ।

गाउँपालिकाले यसअघि नै यस्ता भारतीय मदिरा नियन्त्रणकालागि पहल जारी राखेको बताउदै महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा सन्दकपुर ५ का वडाध्यक्ष जित बहादुर साँवाले अव यो महोत्सवको अवसर पारेर थप प्रभावकारीरुपमा लागिने जनाए । यस्तो मदिरा वेच विखन र सेवन निषेध गर्न कडाईका साथ नियन्त्रणको प्रयास गरिरहेको भएता पनि सरोकारवाला सवैको साथ र सहयोग आवश्यक रहेको जमुना प्रहरी चौकीका इन्चार्ज हर्क सुब्बाले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com