७५ देखि ८० साल सडक बिस्तार युग, ८० पछि सुरुङमार्गको युग : प्रधानमन्त्री ओली ( फोटो फिचर )


प्रकाशित मिति : चैत्र ९, २०७५ शनिबार

पुर्व पश्चिम राजमार्गको मध्यखण्डबाट राजमार्गको स्तर उन्नतीको सुरुवात सरकारले गरेको छ । राजमार्गको आरम्भमा पुर्व राजा महेन्द्रले गैडाकोटबाट शिलान्यास गरि गैडाकोटबाटै उदघाटन गरे जस्तै मन्त्रालयका कर्मचारीहरु प्रधानमन्त्री ओलीलाई नवलपरासीको रजहरमा शिलान्यास गराउने तयारीमा थिए । तर पहिलोपटक राजमार्गको बिस्तारमा बजेट बिनियोजन गर्ने पुर्व अर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेलको जोडमा प्रधानमन्त्रीको शिलान्यासको कार्यक्रम बुटवल सारिएको बताईएको छ । बिशेष पुजाआजा सहित प्रधानमन्त्री ओलीले राजमार्ग बिस्तारको शिलान्यास गरेका थिए ।

हिन्दु धार्मीक बिधी अनुसार शिलान्यास गरेको प्रधानमन्त्रीले शिलान्यश पश्चात पञ्चकन्याहरुलाई टिका लगाई दक्षिणा समेत दिएका थिए । सामन्यतया पुजाआजामा नदेखिने कम्युनिष्ट नेताहरु आज भने निर्धक्कसंग मण्डपमा बसे र पण्डीतजीले दिएको आश्विनी औलामा लगाएर अग्नीकुण्डमा जलधारा समेत दिए । प्रधानमन्त्री ओलीले जल चढाईरहंदा नेकपा महासचिव बिष्णु पौडेलको हांसो रोकिन सकेन । उनी ढुक्कसंग हांस्दै थिए । दुबैजना नेताहरु मण्डपमा बसेर ब्राम्हणले जसो जसो भन्दै थिए उसैउसै गरि पुजा गर्दै थिए ।

 

पुर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड विस्तार भएपछि यात्रा दूरी अहिलेकोबाट झण्डै आधा घट्ने छ । बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करीव तीन घण्टा लाग्छ । उक्त सडकको स्तरोन्नति भई चार लेन बनेपछि कम्तीमा १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण ८५ प्रतिशत र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झण्डै रु १७ अर्बको लागतमा सडक स्तरोन्नतिको काम हुनेछ । यसका लागि सडक विभाग अन्तर्गतको एडिबी सडक निर्देशनालयले सडक स्तरोन्नतिका लागि कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको छ ।
बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काम दुई खण्डमा हुनेछ । पहिलो खण्डमा पूर्वी नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दोस्रोमा दाउन्नेदेखि बुटवल राजमार्ग चौराहासम्मको ४८ किलोमिटरको काम हुनेछ । पहिलो खण्डका लागि निर्माण कम्पनीले रु ९ अर्ब १३ करोड रुपैयाँ र दोस्रो खण्डका लागि पनि सोही कम्पनीले रु ७ अर्ब ८६ करोड रुपैयाँको लागतमा काम गर्न सम्झौता सम्पन्न भएको छ । सम्झौता मुताबिक बुटवल–नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम चार वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्नेछ । यसअघि सडक निर्माण गरेको एक वर्षसम्म मात्रै सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन थियो ।

 

उक्त सडकखण्डलाई दुई लेनबाट विस्तार गरेर चार लेनको बनाइने छ । सडकको दुई÷दुई लेनको बीचको भाग हरियाली बनाउने गरी योजनाको नक्शाङ्कन गरिएको छ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडकको दुईतर्फ ७÷७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । नेपालमा सवारीको चाप अत्याधिक बढेका कारण र सडकको स्तर पुरानै अवस्थामा रहेका कारण सिङ्गो पुर्व पश्चिम राजमार्गको स्तर उन्नती आजको आवश्यकता भएको महसुस गर्न थालिएको छ । सरकारको ध्यान पनि तयसै तर्फ केन्द्रित रहे अनुसार यो सडक बिस्तारको योजना तयार भएको सडक बिस्तार योजनाका ईन्जिनीयर शुरेस न्यौपाने बताउंछन् ।

 

यसै सडकको दाउन्नेको उकालो र ओरालो रहेको झण्डै १३ किलोमिटर सडकखण्ड भने तीन लेनको मात्रै हुनेछ । तीनमध्ये उकालोतर्फ दुई लेनको हुनेछ भने ओरालोतर्फ जाने सवारीले एक लेन मात्रै प्रयोग गर्न पाउने छन् ।

अघिल्लो पटक प्रधानमन्त्री हुंदा केपी शर्मा ओलीले घोषणा गरे अनुसार ओली नै प्रधानमन्त्री हुंदा सडक बिस्तारको शिलान्यास गर्ने मौका पाएकाछन् । ओलीकै प्रधानमन्त्रीत्वका बेला तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले पुर्व पश्चिम राजमार्ग अन्तर्गत गैडाकोट बुटवल सडकको बिस्तारकालागि बजेट बिनियोजन गरेका थिए । शिलान्यास कार्यक्रममा बोल्दै रुपन्देहीका सांसद समेत रहेका पुर्व अर्थमन्त्री बिष्णु पौडेलले अघिल्लो पटक कल्पना गरेको सडकले शिलान्यास गर्न ओलीलाई नै कुरेको जिकीर गरेका थिए ।

मध्यखण्डको राजमार्गको सिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले २०७५ देखी २०८० सम्मको युगलाई सडक युग र ८० पछि को ५ वर्षलाई सुरुङ युगको रुपमा अर्थाए । उनले राजमार्गलाई पुर्वको कांकडभित्ता देखि पश्चिमको गड्डाचौकी सम्म नै अन्तरराष्ट्रिय मापदण्डको हाई वे एक्सप्रेस मार्ग बनाउने अठोट समेत गरे ।

 

प्रधानमन्त्रीले कार्यक्रमस्थल मै यातायात मन्त्रालयका सचिवलाई राजमार्गसंगै लुम्बिनीबाट तिलौराकोट सम्मको सडक ४ लेन बनाउन निर्देशन समेत दिए । पहिला जस्तो बने पनि अव संशोधन गरेर सडक ४ लेन बनाउन प्रधानमन्त्रीको निर्देशन थियो ।

हो, सडक बिकासको पहिलो खुड्किला हो । पुर्वपश्चिम राजमार्गको स्तर उन्नती मुलुकको बिकासका लागि त्यती नै आवश्यक पनि छ । तर सरकारले भने जस्तै राजमार्गलाई बिस्तार गर्ने अभिायानलाई सडक छेउमा घरबनाउने जनताहरुले सघाउलान ? त्यो भने हेर्न बांकी छ ।

 

 

{फोटो फिचर दिनेश कुमार श्रेष्ठ}

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com