साफ महिला च्याम्पियनसिप फुटबल फाईनल : नेपाललाई उपाधि जित्ने राम्रो अवसर
प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार
पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार नेपाल र भारतबीच खेल हुँदैछ। दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिपमा नेपाल र भारतबीच चौथो पटक उपाधिका लागि भिडन्त हुन लागेको हो। विराटनगरको शहीद रङ्गशालामा हुन लागेको फाइनल खेलमा दुवै टोली उपाधि चुम्ने होडमा छन।
डिफेन्डिङ च्याम्पियन भारत साफ च्याम्पियनसिपको पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म भारतले कुनै खेल हारेको छैन । तर नेपाल इतिहास रच्न चाहन्छ । चौथो पटक भारतविरुद्ध साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रतिस्पर्धा गर्न लागि रहेको नेपाल आफ्नै भूमिमा उपाधि उचाल्न चाहन्छ ।
भारत नेपालभन्दा कमजोर चाहिँ छैन । जारी साफ च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गर्दा भारतले तीन खेलमा १५ गोल गरिसकेको छ भने नेपालले जारी साफमा तीन खेलबाट १० गोल गरेको छ ।
आयोजक नेपालको पछिल्लो समयको प्रदर्शन हेर्ने हो भने उत्कृष्ट छ । भारतलाई मात्रै पछिल्लो समयमा एक खेलमा बराबरी र एक खेलमा पराजित गरेको छ । त्यसकारण पनि नेपाली खेलाडीमा उच्च आत्मविश्वास छ । नेपालि महिला टोलिले यदि उपाधि जित्नु छ भने आफ्नो सम्पुण क्षमता लागाउनु पर्ने छ।






