पोखरामा होलीमा रमाए विदेशी पर्यटक (भिडियो र फोटो फिचर)


प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार

होली पर्वका अवसरमा पोखरा आएका विदेशी पर्यटकले पोखरेलीसँगै होलीमा रमाए । एक आपसमा रंगले शुभकामना साट्दै रंगहरुको पर्व होली मनाएका हुन् । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखरा लगाएतका संघ सस्थाले आयोजना गरेको कार्यक्रममा विदेशीहरु रमाए ।

पोखरामा होलीमा रमाए विदेशी पर्यटक

होलिको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना गरेको थियो । नाचगान र रंगले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका देखिन्थे ।

पहिलो पटक होलिमा सहभागि भएका कतिपय विदेशीले विशेष रुचिका साथ नेपाली सँगै रमाइलो गरेका थिए । होली पर्वमा विदेशी पर्यटकहरु आपसमा रंगहरु दलेर होली मनाउँदा पर्यटकहरुको अनुहार रंगीचंगी बन्दा पर्यटकहरुलाई चिन्न समेत मुस्किल थियो । होलीमा रमाउन पाउदा पर्यटकहरुले खुसी व्यक्त गरे ।

पोखरामा होलीमा रमाए विदेशी पर्यटक तस्बिर -सञ्जय शाक्य

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आन्तरीक एवं बाह्य पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यका पर्यटन व्यावसायीले होली महोत्सवको आयोजना गर्दै आएका छन् । होली विशेष कार्यक्रमले पर्यटकीय क्षेत्र लेकसाइडमा आउने पर्यटकहरु रमाउने गरेको व्यवासायीहरु बताउ छन् । होलीमा पोखरामा कार्यक्रहरु हुनथाले पछि पोखरा पर्यटकको आक्रर्षण साथै इभेन्ट गर्ने स्थलका रुपमा समेत विकसीत भएको रेवान पोखराका उपाध्यक्ष तथा होली फेष्टिभलका संयोजक लक्ष्मण बरालले बताए ।

पोखरामा होलीमा रमाए विदेशी पर्यटक तस्बिर -सञ्जय शाक्य

कार्यक्रममा विदेशी पर्यटकहरु र नेपालीहरु एकआपसमा विभिन्न रंगहरु एकआपसमा दल्दै होली सँग रंगिएका थिए । पर्यटन ब्यवसायीसँग मात्र हैन पर्यटकहरु बाल बच्चाहरु सँग औधी खुशी भएर रंग हान्ने र अविर खेल्नमा ब्यस्त देखिन्थे । पर्यटकको बढी चहलपहल हुने लेकसाइड क्षेत्र नै होलीको बेलामा आकर्षणको केन्द्रविन्दु बने गरेको छ ।

पोखरामा होलीमा रमाए विदेशी पर्यटक तस्बिर सञ्जय शाक्य

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com