अष्ट्रेलियाको न्युसाउथ व्ह्लेसमा सडक नियम नमान्नेलाई ४ सय ४८ डलर जरिवाना
प्रकाशित मिति : चैत्र ५, २०७५ मंगलबार
अष्ट्रेलियाको न्युसाउथ व्ह्लेसमा सडक नियम सम्बन्धि अनुगमनमा कडाइ गर्ने भएको छ ।
न्युसाउथ व्ह्लेस प्रहरीका अनुसार, सडक नियम नाम्मन्ने सवारी चालकको तीन पोइन्ट काटिनेछ भने सय ४८ डलर जरिवाना समेत तिर्नुपर्नेछ ।
नियम अनुसार, ट्रेन ट्रयाक संग अरु सवारी चालकले कम्तिमा पनि २० मिटरको दूरी राख्नुपर्छ ।
सवारी चालकहरुले यो नियमको उल्लङ्घन गर्ने कोसिस गरेको, फ्लास लाइट, स्पिड लिमिट र स्टप सिग्नलको बेवास्ता गरेको कारण नियममा कडाइ गर्न लागिएको बताइएको छ ।






